लिन्छु धेरै ज्ञान

कान्तिपुर संवाददाता

हरेक बिहान म त सधैंविद्यालय जान्छु खुरुखुरुकिताब खोली ज्ञानगुनकाकुरा सिक्छु सुरुसुरु ।

ZenTravel


स्कुलमा साथीसँग
मिलिजुली पढ्छु लेख्छु
प्रयोगशालाभित्र जाँदा
मैले धेरै कुरा देख्छु ।

Meroghar

शिक्षकले पढाएको
सुन्छु ध्यान दिई
घर आउँछु साथीसँग
धेरै ज्ञान लिई ।
िआयुन भारती, कक्षा–४
काञ्जीरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : पुस २७, २०७६ ०९:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हिउँ साथी

कान्तिपुर संवाददाता

हिमालकै सरी हिजो हिउँ पर्‍यो साथीहिउँ खेल्न गयौं सबै डाँडा माथिमाथिहिउँ मान्छे बनाएर नाक, मुख हाल्यौं कपासको जस्तो मान्छे हेरी मख्ख पर्‍यौं ।



गुराँसका बोटमाथि हिउँ फूलका दाना
रूखभरि सेता सेता हिउँकै देखें छाना
कपासको रासभित्र खेले जस्तै भयो
हिउँ खेल्दा साथी बन्न हुस्सु पनि आयो ।

पहाड चढी बादलुलाई छुने मन थियो
बुझेछ कि बादलुले हिउँ बनी आयो
बादलजस्तै हल्का देख्छु मनै रमाउने
घाम देख्दा डराएर उस्सै बिलाउने ।

निकैबेर रमाएर खेल्यौं हिउँ सेतो
पछि भने हात, ओठ हुन थाल्यो नीलो
हिउँ जम्न थालेपछि सिसा जस्तै बाटो
बाटो काट्न साह्रै गाह्रो चिप्लो थियो माटो ।।

जाडो बिदा रमाइलो हिउँसँगै खेल्यौं
हिउँको मूर्ति बनाएर देउरालीमा दियौं
जमेका ती हिउँभित्र धेरै थिए चित्र
हाम्रो देश नेपाल यो निकै विचित्र ।।
िपवित्रा दाहाल
लोकन्थली, भक्तपुर

प्रकाशित : पुस २७, २०७६ ०९:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×