माया–प्रेमका किताब

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेम कथालाई विषयवस्तु बनाइएको किताब पढ्ने समय पनि हो भ्यालेन्टाइन्स डे । यसबेला उपहारको रुपमा एक–अर्कालाई यस्तामाया साट्‍ने किसिमका किताब पनि दिन सकिन्छ । दुई लेखक चार–चार वटा रोमान्टिक पुस्तक सिफारिस गर्छन् :

ZenTravel


बुद्धिसागरका रोजाइ
१) फस्ट लभ
सम्पादक : अजित बराल
१५ जना लेखकहरुको पहिलो प्रेमको संकलन हो फस्ट लभ। यसमा नेपालका पुराना लेखकहरुले आˆनो पहिलो प्रेमको अनुभव लेखेका छन्। यर्थाथमाआधारित छ। विभिन्न भूभागका लेखकहरुको पहिलो प्रेमको अनुभव पढ्दा रमाइलो लाग्छ। यो पुस्तक पठनिय छ। रमाइलो छ। हाम्रो समाज, त्यो बेलाको प्रेम बुझ्न यो पुस्तक पढ्न सकिन्छ।

२) वे दिन
लेखक : निर्मल बर्मा
यो केहि दिनको कथा समेटिएको पुस्तक हो। फरक ठाउँबाट ‘प्राग’ सहरमा भेटिएका दुई अन्जानको कथा। यी दुईले केहि दिन त्यही शहरमा समय बिताउँछन्। लेखकको भाषा नै मिठो छ। हिन्दी भाषामा छ यो पुस्तक। मैले धेरै अगाडि पढेको हो। हेर्दा रोमान्टिक तर उदास किसिमको छ यो पुस्तक।

३) डेलिकेसी
लेखक : डेभिड फिन्‍काइनोस
यो किताबमाथि फिल्म बनेको छ। लभ स्टोरी पुस्तक हो। पछिल्लो समय मैले पढेको लभ स्टोरी पुस्तकमध्ये यसमा ताजा कथा छ। कथा भन्ने तरिका राम्रो छ। मेटाफोर्स प्रयोग उत्कृष्ट छ। पढ्दाखेरि मज्जा आउँछ। हृयाप्पी इन्डिङ छ। प्रेममा हुने हर कोहिले यो किताब पढ्दा हुन्छ।

४) लभ इन द टाइम अफ कोलेरा
लेखक : गाब्रियल गार्सिया मार्खेज
मेरो फेभरेट पुस्तक हो यो। यसको कथा एउटा समयमा एउटा व्यक्तिले वान साइड प्रेम गर्छ। जिन्दगीको ७० वर्ष उनले त्यही प्रेमिकाको नाममा बिताउँछ। उनी ८० वर्षको हुँदा त्यो केटीसँग अन्त्यमो भेट हुन्छ। प्रेम कथामाथि गहिराइमा लेखिएको पुस्तक हो यो। प्रेमलाई गहिराइमा बुझ्न यो पुस्तक पढ्नुपर्छ। पछिल्लो समय बलिउड फिल्मले निर्माण गरेको आदर्श प्रेमभन्दा फरक प्रेमकथा यसमा छ। आदर्श प्रेमलाई यसमा समेटिएको छ। बदलिएको समयको आदर्श प्रेम पढ्न रमाइलो हुन्छ।

ऋचा भट्टराईका रोजाइ

१) द टाइम ट्राभलर्स वाइफ
लेखक : अड्री निफनेगर
एक जना मानिसले अर्कोलाई कति समयसम्म प्रेम गर्न सक्छ? आफू बााचुन्जेल? मृत्युपछि पनि? वा हामीले गीतहरुमा गाउने जस्तो जन्म–जन्मसम्म? यो अनौठो प्रेम कथा एउटा यस्तो व्यक्तिको हो, जसको समय अस्थिर छ। घरि उसकी प्रेमिकाको बाल्यकालमा पुग्छ, घरि आˆनै विवाहको दिनमा हराउँछ। प्रमुख पात्र क्लेरसँगै निदाइरहेको श्रीमान हेनरी एक्कासि बिलाउँछ, कतै टाढाको समुद्री किनारमा नाङ्गै ब्युातिन्छ। कुनै ठेगान नभएको, अतित र भविष्यमा रुमल्लिने यस्तो मानिससँग अथाह प्रेम गरेकी छिन् क्लेरले। उनीहरूबीचको त्यो अलौकिक बन्धन, उनीहरुले साँचेर राख्ने प्रत्येक पल, यदाकदा भेट हुँदाको असिमित खुशी यो पुस्तकमा समावेश गरिएको छ। आˆना प्रियजन टाढा भएका पाठकहरुका लागि यो उपन्यास प्रेमको शक्ति सम्झाउने पुस्तक हुनेछ।

२) अ लिटिल लाइफ
लेखक : हान्या यानागिहारा
यानागिहाराको यो दोस्रो पुस्तकमा समलैङ्गिक प्रेम र मित्रताको हृदयविदारक चित्रण छ। अत्यासलाग्दो घृणा, शोषण, दुख र कष्टबीच एउटा भाँचिएको मानिसको मनमा पनि उम्रन सफल एउटा असाधारण र अमूर्त प्रेम समेटिएको छ। प्रेमको अन्तिम विन्दु विवाह हो भन्ने आम बुझाइभन्दा धेरै पर यो उपन्यासले सम्झाउँछ। प्रेम केवल असल मित्रता हो, हर क्षण आफ्‍नो प्रेमीको खुशी र आनन्दमात्र चाहने एउटा निजी अनुभव हो। प्रेम भनेको मात्र प्रेम हो, यसलाई कुनै विभूषण र अर्थ चाहिँदैन। कमै पुस्तकले पाठकको मनमा यति दया र स्नेह जगाउन सक्छन्, जति यो उपन्यासको ‘जुड’ ले जगाउँछ। विस्तृत, विशाल, मन छुने प्रेमकथा हो यो।

३) नरेन्द्र दाइ
लेखक : विश्वेश्वरप्रसाद कोइराला
नरेन्द्र दाइ पढ्नु पर्छ गौरी भाउजुको प्रेम र समर्पण बुझ्न। त्यो शान्त, स्निग्ध, दिव्यवान उनको मुहार, अनि दुखपूर्ण जिन्दगी–कस्तो विडम्बना, कति पीडा नरेन्द्र दाइको पात्रलाई घृणा गर्न खोजे पनि सकिँदैन। उनी पनि हामीजस्तै परिस्थिति र लालसाले किच्चिएका एक कमजोर व्यक्ति। अनि मुनरिया–सारा संसारले उनलाई पतित माने पनि आफ्‍नै नजरमा उ कति उच्च छे, उनले माया गरेकी छे, उनको प्रेममा उनप्रति खोट देख्दिन। स्‍नेहका बलले संसार जित्ने उन्माद छ उनमा। त्यो आत्मविश्वासलाई समयले खल्बल्याउँछ। पटकपटक जीवनले प्रहार गर्छ तर अन्त्यमा पनि नायिका नै बनिरहन्छे–मुनरिया। सरल र सुन्दर लेखन अनि प्रेम माथिको एउटा मनोवैज्ञानिक चिन्तनका लागि पढ्नैपर्छ उपन्यास नरेन्द्र दाइ।

४) होमफायर
लेखक : कमिला शम्सी
ब्रिटिस–पाकिस्तानी लेखक कमिला शम्शीका उपन्यासहरुमा हुन्छन् ज्यान दिएर र लिएर प्रेम गर्न तम्सिने पात्रहरु, समाजको संरचनालाई हुरीझैं तहसनहस पारि स्‍नेह पोख्ने प्रेमीहरु। तर यो उपन्यासमा एउटा फरक प्रेम छ–जुम्ल्याहाहरुको। एकै आत्मा भएर हुर्किएका अनि एकअर्काको श्वासले बाँच्ने दाजु–बहिनी हुर्किएर भिन्नभिन्नै धार समात्छन्। कानुनविपरीत ध्रुव। यसैबीचमा बहिनीको जीवनमा प्रेम आउँछ, यस्तो प्रेमी जसका लागि उनी प्राण त्याग्न तयार छिन्। अनि कथामा मोड आउँछ–दाजु कि प्रेमी? आत्मा कि मुटु? रहस्य, रोमाञ्च र अपत्यारिला घुम्तीहरुले भरिएको प्रेमका धेरै रङ पोतिएको उपन्यास हो यो।

प्रस्तुति : रीना मोक्तान

प्रकाशित : फाल्गुन २, २०७६ १३:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्वदेशमै सम्भावना

गएको साता राजधानीमा भएको ‘काठमाडौं युथ कन्क्लेभ’ मा २० वटा स्कुल तथा कलेजमा तीन हजार बढी विद्यार्थी सहभागी थिए । यी विद्यार्थीहरू के गर्न चाहन्छन् त ?
नुमा थाम्सुहाङ

काठमाडौँ — बैंकर बन्ने सपना छ निर्मल मगरको । पोखरा, नयाँ गाउँका १८ वर्षीय उनी आफ्नो सपना साकार गर्नका लागि व्यवस्थापन विषय लिएर १२ मा अध्ययनरत छन् । नेपालमै बैंकिङ क्षेत्रमा भविष्य बनाउनलाई उनी यति बेलादेखि नै मिहिनेत गरिरहेका छन् ।

दुर्गम ठाउँका आम नागरिकसम्म बैंकिङ पहुँच पुर्‍याउने आफ्नो योजना रहेको निर्मलले सुनाए, ‘अहिले धेरै बैंक सहर केन्द्रित मात्र भएका देखिन्छन् । सबैको हातैमा बैंकको सेवा पुर्‍याउने सपना छ ।’ स्वदेशमै पढेर सफलता प्राप्त गर्न सकिने आत्मविश्वास बढेको उनले बताए ।

कसैलाई व्यवसाय गर्न कर्जा चाहियो । गाउँको साहुसँग किन ऋण माग्ने ? उनले आफैंले गरेको प्रश्नलाई स्पष्ट पारे, ‘किसानलाई कृषि, व्यवसाय सुरु गर्ने र बढाउनेलाई सहज तरिकाले कर्जा उपलब्ध गराउने वातावरणको सिर्जना गर्नु छ । धेरैले ऋण लिएर पनि तिर्न सकेका हुँदैनन्, यसका लागि कर्जा उपलब्ध गराउने संस्थाले उपयोग हुन नसक्नुका कारण पत्ता लगाई समाधानतर्फ जानुपर्छ ।’
गत २४ माघमा माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि काठमाडौंका ५ कलेजले संयुक्त रूपमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा दोस्रो काठमाडौं युथ कनक्लेभ २०२० आयोजना गरेको थियो । त्यसमा २० वटा विद्यालय तथा कलेजबाट ३ हजार विद्यार्थीको उपस्थिति थियो । कार्यक्रमको उद्देश्य विद्यार्थीलाई सही दिशा निर्देश, सामाजिक संलग्नतामा उत्प्रेरित र स्वदेशमै सफलता पाएका व्यक्तिबाट प्रेरित गर्ने थियो ।

भेलामा सहभागी सबै विद्यार्थीमा भविष्यप्रति चिन्ता स्पष्ट देखिन्थ्यो । अन्योल हटाउनकै लागि कार्यक्रममा सहभागी भएको पोखरा, रामबजारका मनीष गुरुङले बताए । १८ वर्षीय उनी म्यारिगोल्ड बोर्डिङमा १२ कक्षामा कम्प्युटर साइन्स पढिरहेका छन् । नेपालमा इन्फरमेसन टेक्नोलोजी (आईटी) मा धेरै सम्भावना देख्ने उनी यसै क्षेत्रमा भविष्य बनाउने योजनामा छन् ।

‘नेपालमा आईटी क्षेत्रको सम्भावना धेरै देख्छु,’ मनीष आफ्नो भविष्यमा के बन्ने भन्नेमा स्पष्ट छन्, ‘सफ्टवेयर इन्जिनियर बन्ने चाहना छ । नेपाल टेक्नोलोजीमा धेरै पछाडि छ । त्यसैले यसको प्रयोगको सम्भावनालाई अवसरमा रूपान्तरण गर्नु छ ।’ प्रविधिको समय भएकाले यसको प्रयोगबाट फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ, ‘हार्डवेयर, सफ्टवेयर, प्रोग्रामिङ तथा एप्सको विकासमा नेपाल अगाडि बढ्न जरुरी छ । यसमा अहिलेदेखि नै केन्द्रित हुनुपर्छ ।’


न्याय र सत्यको पक्षमा बोल्न मन पराउने तीनकुने (काठमाडौं) का १८ वर्षीय अप्सनाखड्का कानुन लिएर १२ कक्षामा अध्ययन गर्दै छिन् । अहिले देशमा बढिरहेको बलात्कार जस्तो घटनामा कसैले न्यान नपाएको उल्लेख गर्दै उनी भन्छिन्, ‘धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन प्रधानन्यायाधीश बन्न चाहन्छु ।’ समाजमा अधिवक्ताले राम्रो भूमिका खेल्नुपर्ने पनि उनी बताउँछिन् ।

कानुन पढेर धेरै क्षेत्रमा काम गर्न सकिन्छ । यसबाट राजनीति, सरकारी र निजी क्षेत्र तथा प्रशासन सबैमा कानुन जान्नुपर्ने भएकाले यो विषय पढेर भविष्य निर्माण गर्न सकिने अप्सनाले सुनाइन्, ‘यहाँ वकिल बन्न नेपालको कानुन पढ्न आवश्यक छ । विदेशका विश्वविद्यालयबाट यहाँको कानुन राम्ररी थाहा पाउन सक्दैनौं । सिद्धान्तको कुरालाई व्यावहारिक परीक्षणका लागि पनि नेपालमै पढ्न आवश्यक छ ।’ नेपालमै धेरै राम्रो विश्वविद्यालय र शैक्षिक गुणस्तर राम्रो भएको उनको तर्क छ ।

गाईघाट, उदयपुरकी २० वर्षीया सुस्मिता कटुवाल नपढेका र सीप नभएकालाई रोजगार दिन आफ्नै व्यवसाय सुरु गर्न चाहन्छिन् । व्यवस्थापन संकायको स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘आफ्नै बिजनेस चलाउने विचार छ । सबै सुविधाका साथ रेस्टुराँ र हाउजिङको व्यवसाय सञ्चालन गर्ने चाहना हो । सुरुमा कुनै कर्जा वा साझेदारीमा भए पनि व्यवसाय गर्न समस्या छैन ।’ आफ्नो व्यवसायलाई सफलतामा पुर्‍याउन मिहिनेत गर्नुपर्ने उनले बताइन् । उनी लगातार दोस्रोपल्ट यो युथ कनक्लेभमा सहभागी भएकी हुन् । कक्षा १२ अथवा स्नातक गरेपछिपढ्नलाई विदेश नै रोज्नुपर्छ भन्ने छैन । पढेपछि काम गर्न र आफैंले केही गर्नका लागि नेपालमै अवसर देखेकी छन् सुस्मिताले ।

रूपन्देहीस्थित बुटवलदेखि विज्ञान पढ्न १८ वर्षीय विपिन ज्ञवाली काठमाडौं आएका छन् । काठमाडौं मोडल कलेजमा १२ कक्षामा होस्टेल बसेर पढिरहेका उनी सिभिल इन्जिनियर बन्न राजधानी आएको बताउँछन् । भौतिक विकास निर्माणका लागि सिभिल इन्जिनियरको महत्त्वपूर्ण भूमिका हुने उनको बुझाइ छ । ‘विकासका संरचना बनाउने भनेको इन्जिनियरले हो,’ उनले भने, ‘नेपाल विकासोन्मुख देश भएकाले अवसर धेरै छ । यहाँ विकास निर्माणका लागि धेरै काम हुन बाँकी छ । त्यसका लागि आफूले नै संरचनाको नक्सा बनाउने सपना छ ।’ प्रतिस्पर्धासँगै अवसर पनि भएकाले पढ्नलाई राजधानी आएको उनले बताए ।

न्यु समिट कलेज, शान्तिनगरकी सरिसा घिमिरे कम्प्युटर साइन्समा स्नातक तहको चौथो वर्षमा अध्ययनरत छिन् । दोलखाकी २२ वर्षीया उनी आफ्नै सफ्टवेयर कम्पनी चलाउने सोचमा छिन् । भन्छिन्, ‘हार्डवेयर, सफ्टवेयरसम्बन्धी कम्पनी चलाउने चाहना पूरा गर्न विभिन्न क्लास र ट्रेनिङ लिइरहेकी छु, जसले पढेको कुरालाई व्यवहारमा उतार्न सजिलो बनाउँछ । आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्छ ।’

प्रविधिको युग भएकाले प्रविधिबिना केही गर्न नसक्ने अवस्था आएको सरिसा बताउँछिन् । नेपालमा इन्टरनेटको पहुँच सबैको हातमा पुर्‍याउन नसकेको र यसैलाई विस्तार गर्ने माध्यमका रूपमा काम गर्न चाहन्छिन् उनी । ‘सबै इन्टरनेटको पहुँचमा छैनन्, भएकाले पनि सुरक्षित महसुस गर्न सकेका छैनन्,’ उनले भनिन्, ‘व्यक्तिको व्यक्तिगत डाटा सर्भरबाट सुरक्षित हुन सक्ने वातावरण छैन । यो अन्योल हटाउनजरुरी छ ।’

तस्बिरहरू : विजु महर्जन

प्रकाशित : फाल्गुन २, २०७६ १३:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×