कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानी बिलीको कमाल

बिली इलिस विशेषगरी डिप्रेसन, आत्महत्याको विचारसँगै वातावरणीय परिवर्तनमा केन्द्रित गीतलाई प्राथमिकता दिइरहेकी छिन् । १८ वर्षीया उनले बेस्ट न्यू आर्टिस्ट र एल्बम अफ द इयरसहित ५ विधामा ग्रायमी अवार्ड जितिन् ।
हिमेश

पप स्टार बिली इलिस भर्खर १८ वर्षकी भइन् । उनी अझै किशोरी नै छिन् । उनको अनुहारमा गाढा अबोधता प्रस्ट देख्न सकिन्छ । तर उनले प्राप्त गरेको सफलता भने ठूलो छ । नपत्याए, यसपल्टको ग्रायमी अवार्डलाई नै लिऔं न ।

सानी बिलीको कमाल

यी अमेरिकी गायिकाले अवार्ड जितिन्, पाँच विधामा । त्यसमा ‘सङ अफ द इयर’ भयो नै, सँगै ‘वेस्ट न्यु आर्टिस्ट’ पनि । भनेपछि उनलाई अब पश्‍चिमेली संगीतको सबैभन्दा उदीयमान गायिकाका रूपमा लिन सकिनेछ ।

त्यसैले उनकै नाममा रह्यो, ‘डेब्यु एल्बम अफ द इयर’ पनि । एल्बमको नाम नै रहेको छ, ‘ह्वेन वि अल फल स्लिप, ‘ह्वेयर डु वि गो’ । उनका गीत पछिल्लो समय खुबै चले र पहिलो हिट रह्यो, ‘ब्याड गाइ’ । अपेक्षाअनुसार त्यसले सोमबार लस एन्जलसमा आयोजित अवार्ड कार्यक्रममा आफ्नो प्रभुत्व पनि जमाउन सफल रह्यो । त्यसैले उनकै नाममा रह्यो, ‘रेकर्ड अफ द इयर’ र ‘एल्बम अफ द इयर’ पनि । त्यसो भनेको उनले सबै चार ठूलो अवार्ड हात पारिन् ।

मीठो संयोग के भने बिली आफै लस एन्जलसकी हुन् । उनका गीतमा त्यस सहरमा बिताएका सुरुआती दिनका झलक सुन्न पाइन्छ । यसैक्रममा उनले टेलर स्विफ्टलाई पनि उछिन्न सफल रहिन, सबैभन्दा कान्छी अवार्ड विजेताका रूपमा । स्वभाविक रूपमा बिलीमा अझै केटाकेटीपन कायम नै छ । त्यसैले त उनी यताउता चकचक गरिरहन्छिन् । अवार्ड जितेपछि उनले भनिन पनि, ‘म अझै यताउता ख्यालठट्टा गरिरहन्छु, तर अवार्ड जित्दा म गम्भीर भएको छु र सबैप्रति आभारी पनि छु ।’

आखिरमा उनी यत्तिको गम्भीर त हुनै पर्छ, किनभने सन् १९८१ यता एउटै व्यक्तिले सबै प्रमुख अवार्ड जित्ने कलाकार पनि भएकी छिन् उनी । त्यति बेला यस्तै उपलब्धी क्रिस्टोफर क्रसको नाममा रहेको थियो । यसपाली अवार्ड बिलीकै नाममा मात्र रहेन्, उनका ठूला दाजु फिनेस ओ’कनेलको भागमा पनि परेको थियो र यो रह्यो, ‘प्रोड्युसर अफ द इयर’ । अब भनिरहनु पर्दैन, यी ओ’कनेलले प्रोड्युसरको काम आफ्नै बहिनीका लागि त गरेकी हुन् ।

अझै यताउता ख्यालठट्टा गरिरहन्छु, तर अवार्ड जित्दा म गम्भीर भएको छु र सबैप्रति आभारी पनि छु ।

खासमा यो वर्षको अवार्ड उनीहरूको परिवार र घरकै नाममा रह्यो भन्दा पनि हुन्छ, किनभने बिलीको एल्बमका लागि सबै काम भएको थियो, उनीहरूको घरमै । त्यसैले ओ’अनेलले पनि माने, यो त उनीहरूको पस्केको मीठो र स्वादिलो एल्बमै रह्यो । सन् २००१ को पनि डिसेम्बरमा जन्मेकी बिलीको पूरा परिवार नै संगीतमय छ, आमा म्यागी बर्ड र बुबा प्याट्रिक ओ’कनेल दुवै संगीत क्षेत्रकै हुन् । दुवैले सानैदेखि आफ्‍नी छोरीलाई संगीत सिकाएका थिए ।

जति बेला कार्यक्रम सकियो, मिडियासँग प्रस्तुत हुने क्रममा बिलीले भनिन्, ‘हामीले यो अवार्ड विजयी एल्बम खासमा अवार्ड जित्छौं भनेर बनाएकै होइन । कतै हामीलाई ठूलो स्टार बनाउने प्रयास त भइरहेको छैन ?’ उनको दाबी त के पनि थियो भने सायद अवार्डको हकदार अरू कोही नै थिए कि ? तर होइन, पछिल्लो १२ महिना उनका गीतले सबैको मन छुन सफल रह्यो । उनी जति सानी छिन्, उनका गीत त्यस्तो हुने गर्दैन, बरु हुन्छ त गम्भीर र फरक पाराको ।


त्यसैले उनका गीत विशेषतः डिप्रेसन, आत्महत्याको विचारसँगै वातावरणीय परिवर्तनमा बढी केन्द्रित हुन गर्छ । यी के गम्भीर विषय होइनन् त ? अवार्ड समारोह सुरु हुन ठीक अगाडि एउटा दुखद समाचार के पनि आयो भने लस एन्लस लेकर्सका लेजेन्डरी बास्केटबल खेलाडी कोबी ब्रायन्ट रहेनन्, उनी हेलिकप्टार दुर्घटनामा परे । पूरा कार्यक्रम त्यसकै छायामा रहे र धेरैले समवेदना पनि प्रकट गरे । संयोग नै हो, यसपल्टको सबैभन्दा ठूला विशेषता त्यही लस एन्जलस सहरकी किशोरी बिली रहिन् ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : माघ १७, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?