कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डियर बास्केटबल

बास्केटबल लिजेन्ड कोबे ब्रायन्टले पाँच वर्षअघि खेल जीवनबाट सन्यास लिने बेला रचेका थिए कविता– डियर बास्केटबल । उनकै आग्रहमा यो कवितामा डिज्नेका पूर्वएनिमेटर ग्लेन किनले एनिमेटेड सर्ट फिल्म बनाए । यो फिल्मले सन् २०१८ को ओस्कर अवार्डमात्र होइन, एनिमेसन जगत्कै सबभन्दा प्रतिष्ठित एन्नी अवार्ड पनि जित्यो ।

डियर बास्केटबल

लस एन्जलस लेकर्सबाट दुई दशक खेल्ने क्रममा पाँचपल्ट एनबीए च्याम्पियन भएका कोबे १३ वर्षीया छोरी जियन्नालाई आफूजस्तै सुपरस्टार खेलाडी बनाउन चाहन्थे । तर, त्यो सपना सधैंका लागि अधुरो रहने भएको छ । किनभने ४१ वर्षको उमेरमै कोबे, छोरी जियन्नासहित नौ जनाको आइतबार क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा मृत्यु भयो ।

डियर बास्केटबल,


मैले मेरो बुबाको मोजाहरूको गोला बनाई दौडाउन

सुरु गरेको क्षणमा होस्

या ग्रेट वेस्टर्न फोरममा

खेल जित्ने सटहरू

हानिरहेको कल्पना गर्दा ताक होस्

एउटा कुरा वास्तविक थियो, मलाई थाहा थियो :


हो, त्यही बेला म तिम्रो प्रेममा परेको थिएँ ।


प्रेम यति गहिरो कि मैले तिमीलाई मेरो सबै दिएँ–

मेरो मस्तिष्क र शरीरबाट

मेरो आत्मा र अन्तरात्मालाई ।


छ वर्षको केटाका रूपमा

तिमीसँगको गहिरो प्रेममा

मैले त्यो सुरुङको अन्त्य कहिले देखिन ।

मैले सिर्फ मलाई मात्र देखें

मैंभित्रबाट बाहिर निक्लिरहेको ।


र, म दौडिएँ ।

प्रत्येक कोर्टहरूमा माथि र तल दौडिएँ

तिम्रा लागि गुमाएको हरेक बलको पछि पनि ।

तिमीले मबाट जोर–जबर्जस्ती चाह्यौ

मैले तिमीलाई मेरो मुटु दिएँ

किनभने योसँगै यसरी धेरैनै आए ।


म खेल्छु मेरा पसिना र चोटपटकहरूमार्फत

यो यसकारण मात्रै होइन कि चुनौतीले मलाई आह्वान गर्‍यो

यस कारण कि तिमीले मलाई बोलायौ ।

मैले तिम्रा लागि सबै थोक गरें

किनकि त्यो तिमी पनि गर्दछ्यौ

जब कसैले तिमीलाई त्यति नै जीवन्त महसुस गराउँछ

जति तिमीले मलाई गराउँछ्यौ ।


तिमीले छ वर्षको बच्चालाई लेकर्स सपना दियौ

र, यसैका लागि तिमीलाई म सधैं माया गर्नेछु ।

तर म तिमीलाई लामो समयका लागि विक्षिप्त भएर माया गर्न सक्दिनँ।

बाँकी रहेको यही सिजन मात्रै हो, तिमीलाई दिनलाई

मेरो मुटु धड्किइरहन सक्छ

मेरो मस्तिष्कले धूलोमा मिल्ने कुरालाई स्विकार्न सक्दछ

तर यो समय बिदाइको हो, यो मेरो शरीरलाई थाहा छ।


र, यो ठीक छ ।

म तिमीलाई जान दिन तयार छु।

म चाहन्छु, यो तिमीलाई थाहा होस्

त्यसैले हामी दुवैले हामीसँग बाँकी रहेका प्रत्येक क्षणको स्वाद लिन सक्छौं ।

राम्रो र नराम्रो ।

हामीले एकअर्कालाई दिएका छौं

हामीसँग बाँकी रहेका जे छन् सबै ।


र, हामी दुवैलाई थाहा छ, मेरा आगामी दिनहरूमा मैले जे गरेतापनि

म सधैं त्यो बच्चा हुनेछु

दौडिरहेको मोजाका साथमा

फोहोर एक कुनामा

: ०५ सेकेन्ड घडीमा

बल हातमा लिएर ।

५....४...३...२...१


तिमीलाई सधैं माया गर्ने,

कोबे


कविताको भावानुवाद : सुदीप पाख्रिन

प्रकाशित : माघ १७, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?