कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बक्सर फ्य्राक्चर के हो ? 

डा. राजीव बराल

काठमाडौँका १८ वर्षीय युवकलाई साथीहरुसँग झगडा पर्दा हातमा चोट लाग्यो । हातको पाँचौँ औँलामा फ्य्राक्चर हुँदा उनले सामान्य ब्यान्डेज लगाए ।केही समयपछि त्यो औँला छोटो देखिन थाल्यो ।दुखाइको समस्या नभए पनि हेर्दा औँला नराम्रो देखियो भनेर ती युवकको चिकित्सककोमा पुगेका थिए । 

बक्सर फ्य्राक्चर के हो ? 

बक्सर फ्य्राक्चर हातसँग सम्बन्धित फ्य्राक्चर हो । हाडजोर्नी जर्नलहरूका अनुसार बक्सर फ्य्राक्चरलाई हातको पाँचौँ नम्बरको लामो हड्डीको घाँटी (मेटाकार्पल नेक) को फ्य्राक्चरका रूपमा बुझ्न सकिन्छ । पछिल्लो समय वयस्कमा बक्सर फ्य्राक्चर प्राय:जसो देखिने समस्या बन्दै गएको देखिन्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) को २०२२ को एक अध्ययनले बक्सरको फ्य्राक्चर ,सबै हात भाँचिएको फ्य्राक्चरको १०% ले प्रतिनिधित्व गर्दछ।

कसरी हुन्छ बक्सर फ्य्राक्चर?

लडेर हातमा लागेको चोटको कारणले पनि बक्सर फ्य्राक्चर देखिन सक्ने भए पनि यसको मुख्य कारण हातलाई मुठ्ठी पारेर कुनै कडा ठाउँमा हिर्काउँदा फ्य्राक्चर हुन सक्छ । झगडा गरेर यस्ता समस्या लिएर आउने हुन्छन् । अत्यधिक बल हातमा लागिरहँदा हड्डीले आफ्नो ठाउँ छोड्ने, छोटो हुने र घुम्नेलगायत समस्या पनि देखिन सक्छ ।

चोट लागेर उपचारका लागि अस्पतालमा आउने बिरामीको एक्स–रे गरेर फ्य्राक्चर पत्ता लगाउन सकिन्छ । तर अस्पतालको ईमर्जेन्सीमा आइपुग्ने प्राय बिरामीले दुर्घटनाको यकिन कारण बताउन मानिरहेका हुँदैनन्, जसले गर्दा समस्या पत्ता लगाउन गाह्रो हुन सक्छ ।

बक्सर फ्य्राक्चर भएपछि हात दुख्ने, औंला सुन्निने र चलाउन गाह्रो हुनुका साथै बाङ्गोपन पनि देखिने गर्दछ । बक्सर फ्य्राक्चरको उपचार विधि हेर्ने हो शल्यक्रिया गर्ने स्पष्ट संकेत नभए सकेसम्म प्लास्टरद्वारा उपचार गरिन्छ । प्लास्टरबाट उपचार गर्दा हातको सौन्दर्य समस्या (पाँचौँ औंला छोटो) आउन सक्ने हुन्छ । यसका बारेमा बिरामीलाई सुरुमै जानकारी गराइदिनुपर्छ र शल्यक्रियाका जटिलताका बारेमा पनि बताइदिनुपर्छ ।

फ्य्राक्चर भएको बिरामीलाई प्लास्टरमै उपचार गर्ने हो भने ३ हप्ता प्लास्टर वा ब्यान्डेजमा राखेर फिजियो गर्न लगाइन्छ । यसरी उपचार गर्दा हातको ५ नम्बरको औँलाको जोर्नीको उचाइ कम हुनसक्छ र २–३ महिनामा जोर्नीको चाल पनि कम भएको महसुस हुन सक्छ । तथापि ६ महिना देखि १ वर्षमा शल्यक्रिया गर्नु र नगर्नुमा खासै धेरै फरक हुँदैन ।

बक्सर फ्य्राक्चरको उपचार गर्दा हुन सक्ने जटिलताहरू रोक्न धेरै नै बाङ्गो भएको, घुमेको र छोटो भएकालाई ५० डिग्री ‘पाल्मर एन्गुलेशन’सर्जरी गर्दा उपयुक्त हुन्छ । बिरामीको लक्षणअनुसार उपचार गरिन्छ जसमा फिजियोथेरापीले पनि अर्थ राख्छ ।

-बराल अर्थोपेडिक सर्जन हुन् ।

प्रकाशित : आश्विन २०, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×