कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी अस्पतालमा एचआईभी र हेपाटाइटिस 'बी' का बिरामीलाई पनि डाइलासिस सेवा

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले एचआईभी र हेपाटाइटिस बीका बिरामीलाई पनि डाइलासिस सेवा सुरु गरेको छ । त्यसका लागि अस्पतालमा थप १० वटा डायलासिस बेड व्यवस्थापन गरी बुधबारबाट सेवा थपेको हो ।

लुम्बिनी अस्पतालमा एचआईभी र हेपाटाइटिस 'बी' का बिरामीलाई पनि डाइलासिस सेवा

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले काठमाडौं जानुपर्ने बाध्यता रोक्न एचआईभी र हेपाटाइटिस बीका बिरामीलाई पनि डायलासिस थालिएको बताए ।

प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बुधबार डाइलासिससहित अस्पतालका थप तीन सेवाको शुभारम्भ गरे । दुर्घटनामा परेर आउने बिरामी बढेपछि अस्पतालमा ट्रमा सेवा सुरु भएको छ । ४ बेडबाट सुरु भएको सेवा विस्तार गरेर लगिने छ ।

कोभिड इमरजेन्सी सेवासहित थप ४ वटा विशेष सेवा सुरु गरेको छ । कोभिडका बिरामीका लागि छुट्टै भवनमा इमरजेन्सी सेवा सञ्चालन गरी त्यसमा २२ बेड राखिएको छ । अस्पतालमा २० बेड आईसीयू कोभिडका बिरामीका लागि छुट्याइएको छ । हाल अस्पतालमा दैनिक ८ देखि १० जना कोभिड संक्रमित बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा बिरामीका आफन्तको भीड कम गर्न भिजिटिङ पास सुरु भएको छ । अब निश्चित समयका लागि अस्पताल गेटमा नाम दर्ता गराएर मात्रै अस्पतालभित्र प्रवेश गर्न र बिरामी भेट्न पाइने सूचना अधिकारी डा. नेत्र रानाले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुधबार थप सेवाको सुभारम्भ गर्दै ।

प्रकाशित : पुस ७, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?