कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडोमा बालबालिकालाई कसरी जोगाउने ?

काठमाडौँ — जाडोमा बालबालिकालाई बढी स्याहारको आवश्यकता पर्दछ । जाडो महिना सुरु भएको छ । गर्मीबाट जाडोको मौसम परिवर्तन हुँदा बालबालिकालाई धेरै ध्यान दिनुपर्छ । गर्मीलाई अँगाल्दै आएको समयमा जाडो आउँदा रोगसँग लड्न सक्ने क्षमता अलि कमजोर हुन सक्छ ।

जाडोमा बालबालिकालाई कसरी जोगाउने ?

के गर्ने?

-बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै जरुरी छ ।यसले भिटामिन डि त प्रदान गर्छ नै चिसो लाग्नबाट बचाउँछ । घाममा राख्दा तोरीको तेलले मालिस गरिदिनुपर्छ ।

-बिहान बेलुका मनतातो पानी खुवाउनुपर्छ । सुत्ने बेलामा मनतातो दूध नभए पानी खुवाएर सुताउनुपर्छ ।

-धेरै अभिभावकले जाडोमा सुन्तलाले चिसो लाग्छ भनेर खान दिँदैनन् तर सिजन अनुसारको फलफूल खानदिनुपर्छ । बदाम पनि खान दिनुपर्छ ।यसले तातो गराउँछ ।

-तातो बनाउने भनेर हिटर बालेर मसाज गर्दिन्छन् तर हिटर तथा कोइलाले कार्बोन्डाइअक्साइड फाल्ने भएर साँस फेर्न गाह्रो हुन सक्छ । छालामा पनि असर गर्न सक्छ । हिटर वा कोइला एकदम कम समयको लागि बाल्ने गर्नुपर्छ ।

-साना नानीहरुलाई जाडो छ भनेर धेरै लुगाहरु लगाइदिने गर्छन् अभिभावकहरु त्यसो गर्नुहुन्न । । कहिलेकाही त्यही लुगा बढी भएर पसिना आउने हुन्छ र त्यही पसिना सोसेर निमोनिया हुन सक्छ । पसिना आएको छ वा छैन भनेर चेक गर्नुपर्छ ।

-राती सुत्दा साना नानीहरुलाई डाइपर नै लगाइदिए हुन्छ । परिवर्तन गरिराख्दा झन चिसो लाग्न सक्ने हुन्छ ।

-तातो तथा ताजा खानेकुरामा जोड दिनुपर्छ । झोलिलो खानेकुरामा ध्यान दिनुपर्छ ।

-बच्चाहरुलाई राती सुत्दा मोजा र टोपी नछुटाउने ।

-स्तनपान गराइरहेका महिलाहरुलाई दूध खुवाउन छुटाउनुभएन । यसले पनि चिसोबाट बचाउँछ।

-छाला सुख्खा हुनेभएकाले मोस्चराइजर लगाइदिराख्नुपर्छ ।नुहाउनेबित्तिकै लगाइदिनु अझै राम्रो हुन्छ ।

-त्यसैगरी बिहान र साँझ शीत पर्ने हुनाले चिसोमा खेल्न नदिने । घाम लाग्दा भने खेल्न दिनुपर्छ । घरभित्रै खेल्न दिएको राम्रो हुन्छ । डान्सहरु गराउने । उफ्रिने अभ्यास गराउनुपर्छ ।

-तुलसीको पात उमालेर खुवाउन सक्छ ।यसमा चिसोबाट बचाउन सक्ने तत्व हुन्छ । तातो पानी वा कालो चियामा राखेर दिन सकिन्छ ।

(बाल स्वास्थ्य नर्स, सुरक्षा सुवेदीसँग कुराकानीमा आधारित)


प्रकाशित : मंसिर ५, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?