कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइतबार २ लाख ५२ हजार डोज हैजाविरुद्धको खोप आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले हैजाविरुद्धको खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले यही आइतबार २ लाख ५२ हजार हैजाविरुद्धको खोप आउन लागेको बताएका हुन्।

हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ विश्व स्वास्थ्य संगठनको सहयोगमा आउन लागेको हो ।

‘संक्रमण तथा मृत्यु दर घटाउनको लागि खोपले काम गर्ने छ ।आउने हप्तादेखि नै खोप लगाउन सुरु गरिनेछ,' पौडेलले भने ।’

कपिलवस्तुमा हैजाको संक्रमण भएपछि हालसम्म १० जनाको मृत्यु भएको छ । डा पौडेलका अनुसार कपिलवस्तुको ५ वटा पालिकामा खोप वितरण गरिनेछ ।

कपिलवस्तुको कृष्णनगरपालिकामा असोज १८ गतेदेखि झाडापखालाका बिरामी देखिन सुरु भएको थियो । झाडापखालाबाट वडा नं ७, ८ र ९ प्रभावित बनेका छन् ।

मन्त्रालयका अनुसार आजको दिनसम्म तथ्यांक हेर्ने हो भने १ हजार ३५६ जना संक्रमित बनिसकेका छन् जसमा ६ जनाको मृत्यु भइसकेको छ । हाल ६ जनाको उपचार गराइरहेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?