कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हालसम्म नेपालमा कति खोप आयो, कतिले लगाए ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — हालसम्म नेपालमा १ करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप आएको छ । सरकारले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनिकाको खोप दिइरहेको छ ।

हालसम्म नेपालमा कति खोप आयो, कतिले लगाए ? 

कोभिसिल्ड २४ लाख ४८ हजार डोज, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६०, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख डोज खोप आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार कोभिसिल्ड, अस्ट्राजेनिकाको खोप पहिलो मात्रा २७ लाख २७ हजार २६५ जनाले लगाएका छन् दोस्रो मात्रा १५ लाख १८ हजार ५ जनाले लगाइसकेका छन् ।

त्यसैगरी भेरोसेलको पहिलो मात्रा ४४ लाख ८७ हजार ४७७ जनाले लगाइसकेका छन् भने दोस्रो मात्रा ३२ लाख २७ हजार ५६४ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको खोप १४ लाख ९२ हजार ४३२ जनाले लगाइसकेका छन् ।


प्रकाशित : आश्विन १३, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?