१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘सुर्तीजन्य पदार्थको सेवन रोक्न आफैंबाट सुरुवात गरौं’

काठमाडौँ — सुर्तीजन्य पदार्थ बढ्दोको प्रयोग रोक्न आफूबाट नै सुरुवात गर्न विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गरिएको कोभिड – १९ को सन्दर्भमा सुर्तीजन्य पदार्थ र नसर्ने रोग सम्वन्धी कार्यशाला गोष्ठीमा विज्ञहरुले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नको लागि कानून कार्यान्वयनमा जोड दिएका हुन् ।

‘सुर्तीजन्य पदार्थको सेवन रोक्न आफैंबाट सुरुवात गरौं’

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष प्रा.डा. गौरवराज ढकालले सुर्तीजन्य पदार्थ मुटुको क्यान्सर जस्ता रोगहरु मात्रै होइन ढाड तथा गर्धन दुखाइका समस्या पनि बल्झाउँदै गइरहेको बताए ।

परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले ‘नसर्ने रोगहरु र यसका जोखिम बढाउने कारक तत्वहरु’ को विषयमा कार्यपत्र प्रस्तुत गर्दे सूर्तीजन्य पदार्थले मिर्गौला, मधुमेह, दम, मुटुजन्य रोगहरुमा पार्ने प्रभावका बारेमा बोलेका थिए । उनका अनुसार परिषद्ले नसर्ने रोगका मुख्य कारकतत्व सम्बन्धी गरेको अध्ययनले नेपालीले वार्षिक औसत १ खर्ब ९ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबर सूर्तिजन्य पदार्थ सेवनमा खर्च गर्ने गरेको देखाएको छ ।

गोष्ठीमा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले सुर्तीजन्य पदार्थको सेवन रोक्न आफूबाट नै सुरुवात गर्ने कुरामा जोड दिइन् । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून कार्यान्वयनमा सूर्ती उद्योगहरुले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : असार २३, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?