कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘वास्तविक ऋणीलाई ऋण लिन चालु पुँजी कर्जा मार्गदर्शनले समस्या गरेको छैन’

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले वास्तविक ऋणीलाई ऋण लिन कुनै समस्या नभएको दाबी गरेका छन् । चालु पुँजीसम्बन्धी मार्गदर्शनले थप ऋण लिन अप्ठेरो भएको भन्ने गुनासो निजी क्षेत्रबाट आइरहेको बेला गभर्नर अधिकारीले उक्त मार्गदर्शनले वास्तविक ऋणीलाई ऋण लिन समस्या नभएको बताएका हुन् ।

‘वास्तविक ऋणीलाई ऋण लिन चालु पुँजी कर्जा मार्गदर्शनले समस्या गरेको छैन’

आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा मंगलबार गभर्नरले यस्तो बताएका हुन्।

‘वास्तविक ऋणीलाई ऋण दिन कार्यविधिले रोकेको छैन, तर नक्कली ऋणीलाई भने समस्या हुनसक्छ,’ उनले भने, ‘यदि कुनै ऋणीलाई साञ्चै कार्यविधिकै कारण ऋण लिन सकेका छैनन भने सिधै राष्ट्र बैंकमा उजुरी गर्नुस् ।’ यस्तै केही ऋणीले आफ्नो व्यक्तिगत समस्यालाई व्यवसायीले सामान्यीकरण गरिरहेका आरोप पनि गभर्नर अधिकारीले लगाए ।

केही व्यवसायीले आफूले धेरै ऋण लिएको कारण समस्यामा पर्दा समग्र क्षेत्रमै समस्या परिरहको जसरी प्रस्तुत हुने गरिरहेको समेत आरोप लगाए । अहिले नै कतिपय व्यवसायीमा उच्च कर्जा लगानी भएकोले योभन्दा बढी ऋण दिने अवस्था भएमा पछिल्ला दिनमा झन् समस्या आउने उनले बताए ।

प्रकाशित : असार ११, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×