२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गर्मी छल्न नम्की

गोरखा — १० वर्षदेखि होम-स्टे सेवा सुरु गरेकी अजिरकोट गाउँपालिकास्थित नम्कीकी कल्पना तामाङको घरमा चैत यता पाहुनाको चाप बढेको छ । भच्चेक, सिरानडाँडालगायतका क्षेत्र घुम्न आएका पर्यटक होम-स्टे खोज्दै नम्की पुग्ने गर्छन् ।

गर्मी छल्न नम्की

यतिबेला कल्पना पाहुनालाई स्वागत र स्थानीय परिकार तयार पार्न ब्यस्त छिन् । ‘फागुन अन्तिमतिर गर्मी चढ्न थालेदेखि नै यहाा पाहुना आउने क्रम सुरु हुन्छ, शुक्रबार र शनिबार पाहुनाको चाप धेरै हुँदा कतिलाई ठाउँ छैन भन्दै फर्काउनु पर्छ,’ उनले भनिन् ।

गर्मी छल्न भच्चेक क्षेत्र पुग्ने पर्यटकको होम-स्टे खोज्दै नम्की पुग्ने गरेका छन् । ‘गर्मीको महिनामा पनि वैशाख र जेठमा धेरै मान्छे सिरानडाँडा आउँछन्,’ उनले भनिन्,‘यो चिसो ठाउँ टाढा पनि छैन, धेरैजसो पाहुना चितवनबाट आउनुहुन्छ ।’

बिगतका वर्षदेखि नै गर्मीको महिनामा यस क्षेत्रमा पर्यटकको चाप बढ्ने गरेको स्थानीय बताउाछन् । अजिरकोट गाउँपालिका–३ र ५ नम्कीका १० घरमा होम स्टे सेवा संचालनमा छ ।

सिरानडाँडासम्म पुग्ने सडक पाँच वर्षअघि कालोपत्रे भएपछि यसक्षेत्र पुग्ने आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । उखरमाउलो गर्मी छल्न भच्चेक घुम्न पुगेको चितवनका मोहन श्रेष्ठले बताए ।

‘शुक्रबारको दिन फुर्सद पनि भयो, हाम्रो तलतिर गर्मीले बसिसाध्य छैन, परिवारसहित घुम्नको लागि पनि आएको हुा,’ उनले भने । भच्चेक क्षेत्रमा शुक्रबार र शनिबार तथा विदाको दिनमा आन्तरिक पर्यटकको चाप वढ्ने गर्छ ।

१० घरको होम स्टेमा ५० जना सम्म पाहुना राख्ने गरेको होम स्टे संचालक प्रेम मायाा गुरुङ बताउाछिन् । होम स्टे आयआर्यनको मध्यम पनि वनेको उनले बताइन् । ‘घर खर्च चल्ने आम्दानी हुन्छ,’ उनले भनिन्,‘होम-स्टे भएपछि यहीको स्थानीय उत्पादन बिक्रीमा पनि सहज बनेको छ ।’

तामाङ समुदायका बाहुल्यता रहेको नम्कीमा बास वस्न पुग्ने पर्यटकलाई लक्षित गरी स्थानीयले तामाङ सेलो, झ्याउरेलगायतका संस्कृति पनि देखाउँदै आएका छन् । नम्की पुग्ने पाहुनलाई स्थानीय परिकार नै खुवाउने गरेको प्रेममायााले बताइन् । ‘आउँदा स्वागत गर्ने, जाने बेला विदाई गर्ने, यही उत्पादन भएको लोकल चिजहरु दिने, जस्ता हाम्रा आफ्नै नियम पनि छ,’ उनले भनिन् ।

लोकल कुखुराको मासु, ढिडो, कोदोको रोटीलगायतका स्थानीय परिकार पाहुनालाई दिने गरेको उनले सुनाइन् । यसक्षेत्र पुगेका पर्यटक भच्चेक, सिरानडाँडा, नागेपोखरी, गढीकोटलगायतका क्षेत्र घुम्ने गरेका छन् । स्थानीय रहनसहन तथा ग्रामीण परिवेश बुझ्ने चाहनेको रोजाईमा पनि सिरानडाँडा पर्ने गरेको छ ।

२०७० बाट नम्कीमा होम स्टे सेवा सुरु भएको थियो । २०७२ वैशाख १२ को भूकम्पले घरहरु भत्किएपछि भने केहि वर्ष होम स्टे बन्द रहे । ‘भूकम्पले घर भत्काएपछि पाँच वर्षसम्म सेवा दिन सकेनौं, पछि टिनको टहरोमा भए पनि एउटा कोठा छुट्टाएर सेवा सुरु गरौं भनेर निरन्तरता दियौं,’ उनले भनिन् ।

भूकम्पअघि नम्कीमा बार्दली निकालेको, ढुङ्गाको छाना, ढुङ्गाका गाह्रो भएको परम्परागत घर थिए । ‘भूकम्पले पुरानो घर सवै भत्कियो, यहाँ आउने पर्यटकले पुरानो स्टाइलका घर पनि हेर्न खोज्नुहुन्छ,’ उनले भनिन्,‘पर्यटकलाई नै देखाउन भनेर मैले पहिलेकै जस्तो घर बनाउन पनि थालेको छु ।’ होम स्टे सेवा सुरु गरेका स्थानीय गाउँमा एउटा पाहुना घर(हल)को आवश्यकता रहेको बताउँछन् ।

प्रकाशित : असार १, २०८१ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x