कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेप्से साढे ५ अंकले घट्यो, चार अर्बको सेयर किनबेच  

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.५८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७९.७१ अंकमा ओर्लेको छ ।

नेप्से साढे ५ अंकले घट्यो, चार अर्बको सेयर किनबेच  

बुधबार कारोबारमा आएकामध्ये ८३ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ५८ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर छ ।

पछिल्ला केही महिना यता नेप्सेले स्पष्ट गति समात्न सकेको छैन । नत ठूलो अंकले घटबढ्न नै भएको छ नत उल्लेख्य रुपमा कारोबार बढ्न नै सकेको छ । दैनिक रुपमा हेर्दा बहुसंख्यक कारोबार दिन नेप्से घटेको छ भने बाँकी दिन मात्र बढेको छ । घटबढको दर हेर्दा बढ्ने भन्दा घट्ने धेरै छ । यो प्रवृतिले सेयर बजारमा लगानीकर्ताको उत्साह नभएको पुष्टि हुने जानकारहरु बताउँछन् ।

बुधबार ४९ हजार ७ सय ३३ वटा कारोबारबाट ८० लाख ४२ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि घटेको हो । मंगलबार ४ अर्ब ८ करोड ४७ लाख ४ अर्ब ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : जेष्ठ २३, २०८१ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×