कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लगानी सम्मेलन अगावै 'कन्ट्री रेटिङ'को काम गर्छौःं अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् ।

लगानी सम्मेलन अगावै 'कन्ट्री रेटिङ'को काम गर्छौःं अर्थमन्त्री महत

उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए ।

काम गर्ने प्रक्रियागत झन्झट,कामगर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गरे ।

अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

उनले वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गर्दै जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना औंल्याए ।

प्रकाशित : मंसिर २५, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×