कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शेयर बजार : नेप्से परिसूचक १५.४० अंकले गिरावट

न्युज एजेन्सी नेपाल

काठमाडौँ — आईतबार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक सोमबार घटेको छ । मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबारको दिन आइतबार १११ अंकभन्दा बढी अंकले बढेको नेप्से सोमबार १५.४० अंक घटेर १९४८.५७ बिन्दुमा झरेको छ ।

शेयर बजार : नेप्से परिसूचक १५.४० अंकले गिरावट

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले घटेको छ भने लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ लोट इण्डेक्स १.५२ अंकले घटेर कारोबार बन्द भएको छ ।

सोमबार कारोबारमा आएका ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतबारको तुलनामा सोमबार कारोबार रकम भने उल्लेख्य बढेको छ । आईतबार ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपससमूहको परिसूचक २.१६ प्रतिशत बढेको छ भने निर्जिवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ । तर यता विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ ।

सोमबार नेप्से परिसूचक १५ अंकले गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता समता घरेलु लघुवित्तको शेयरमूल्य भने य ७.१५ प्रतिशत घटेको छ । सोमबार सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको २५ करोड १५ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित : मंसिर २५, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×