कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नीतिगत लचकता अपनाए पनि अर्थतन्त्रमा दबाब कायमै छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत् नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको  बताएका छन् ।

नीतिगत लचकता अपनाए पनि अर्थतन्त्रमा दबाब कायमै छ : प्रधानमन्त्री दाहाल

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको जानकारी दिए । रेमिट्यान्स,राजश्व, विदेशी मुद्राको सञ्चिती वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रुपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको उल्लेख गरे ।

‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बीचमा केही समस्याहरु भए । नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यावहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने अवस्थासम्म आइपुगेको छ' प्रधानमन्त्री दाहालले भने ।

उनले सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेकाले अब अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भन्ने आशा जागेको बताए ।

'तर त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । अझै पनि दबाब कायम नै छ । फर्मल तथ्यांकले एउटा कुरा भन्छ । रेमिट्यान्स बढ्यो, राजश्व पनि बढिरहेको छ । पर्यटन बढिरहेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । सबैकुरा राम्रा छन् । दक्षिण एसियामा तुलना गर्दा हाम्रो राम्रो अवस्था छ । तर अर्थतन्त्र वास्तविक जीवनमा के भएको छ भने हेर्‍यो भने जनतामा उत्साह र आशा जागेको छैन’ उनले भने ।

प्रकाशित : मंसिर २५, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×