२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आर्थिक विकासबारे बहस जरुरी छ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले राजनीतिक बहसभन्दा आर्थिक र व्यावसायिक विकासको बारेमा बहस हुन जरुरी भएको बताएका छन् ।वैद्यज् अर्गनाइजेसन अफ इन्ड्रस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भोइथ) को ६० औं वार्षिकोत्सवको अवसरमा चितवनको चुम्लिङटारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले आर्थिक बहस गर्दै सबै आर्थिक विकासमा लाग्नपर्ने बताए ।

आर्थिक विकासबारे बहस जरुरी छ : मुख्यमन्त्री जम्कट्टेल

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि स्वदेश र विदेश जहाँ गए पनि आर्थिक विकासको कुरा गर्ने गरेको बताए । वाग्मती प्रदेशले अहिले आर्थिक विकास गर्न लागि परेको बताए । उनले आफ्नो सरकारले काम गर्ने तर हल्ला गर्दै नहिँड्ने भएकोले केही समयमा नै आर्थिक विकासमा भएको प्रगति देखिन थाल्ने बताए । उनले भने, 'हामी कृषि, स्वास्थ्य र शिक्षाका विकास गर्न विशेष काम गरिरहेका छौं ।'

हाम्रो कृषि प्रणाली निर्वाहमुखी भएको र शिक्षा पनि जीवनोपयोगी नभएकाले वाग्मती प्रदेशले प्रदेश विश्वविद्यालयको तयारी गरेको बताए । उनले भने, 'हरेक वर्ष डाक्टर इन्जिनियर र नर्सका लागि विद्यार्थीले नाम निकाल्न प्रतिस्पर्धा गर्छन् । तर नाम निकाल्न नसकेका कता हराउँछन् । पढ्न नपाउने हुन्छन् । यसका लागि हामी प्रदेश विश्वविद्यालय नै खोलेर यसको समाधान गर्दैछौं ।'

यस्तै उनले कृषि उत्पादनलाई पनि पकेट क्षेत्र घोषणा गरेर काम गर्ने तयारी गरिरहेका छौं । उनले जुन क्षत्रेमा जे बालीको उत्पादन हुन्छ त्यसलाई त्यही वस्तुको पकेट क्षेत्र घोषणा गर्दैछौं । उनले भने, 'हामीले ८०-९० वटा पालिकासँग सहकार्य गरेर कृषि पकेट क्षेत्र घोषणा गर्दैछौं ।'

यस्तै अर्गनाइजेसनका अध्यक्षले नेपालमा लगानीको सम्भावना धेरै भएकोले यस अर्गनाइजेसनले अटोलगायत अन्य क्षेत्रमा लगानी गरेको बताए । उनले कृषि, पर्यटन, जलविद्युत्लगायत झण्डै दर्जन क्षेत्रमा लगानी गरेको बताए । तर अहिलेको अवस्था आर्थिक अवस्था राम्रो नभएको बताउँदै अब सुनौलो दिन आउने बताए ।

यसैगरी अर्गनाइजेशनका निर्देशक सूर्यांश वैद्यले आफूहरू देशलाई आर्थिक र व्यावसायिक हिसाबले सेवा गर्न लागि परेको बताए । उनले यो वर्ष आर्थिक हिसाबले अप्ठ्यारो अवस्था आए पनि आफूहरू सुनौलो भविष्य हेरेर साझा दृष्टिकोणबाट अघि बढेको बताए । उनले भने, 'हामीलाई अहिले चुनौती र अवसर दुवै छ । तर हामी चुनौतीसँग जुध्न सक्छौं र हाम्रो लक्ष्य प्राप्तिमा अघि बढिरहेका छौं ।'

असनको सानो गल्लीबाट सुरु भएको अर्गनाइजेसन आज विविधतामा फैलिएको उनले बताए । उनले भने, 'हाम्रो हजुरबुबाले असनको सानो गल्लीबाट सुरु गर्नुभएको व्यापार अहिले देशैभरी फैलाउन सफल भएका छौं । यसले हामीलाई थप ऊर्जा र हौसला मिलेको छ । अझै हामी लगानी बढाएर रोजगारीको सिर्जना गर्ने छौं ।'

कार्यक्रमको अवसरमा अर्गनाइजेशन भित्रका विभिन्न विभागमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सन् १९६७ मा विजय गजानन्द वैद्यले युनाइटेड ट्रेडर्स सिन्डिकेटको स्थापना गरेका थिए । सुरुमा टोयोटा मोटर्स नेपाल भित्र्याएर व्यापार सुरु गरेको यस कम्पनीले अहिले दर्जनभन्दा बढी क्षेत्रमा लगानी गरिरहेको ।

प्रकाशित : मंसिर २३, २०८० १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?