कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पर्यटन व्यवसायबाट पनि हाम्रो जीवन माथि उठ्न सक्छ : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा प्रशस्तै पर्यटकीय सम्भावना रहेको भन्दै पर्यटन व्यवसायका माध्यमबाट पनि नेपालीको जीवनस्तर माथि उठाउन सकिने बताएका छन् । उनले अबको पर्यटन परम्परागत शैलीकोमात्रै नभए अलग अवधारणाबाट अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

पर्यटन व्यवसायबाट पनि हाम्रो जीवन माथि उठ्न सक्छ : अर्थमन्त्री महत

शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री महतले पोखरा आइपुग्ने पर्यटकलाई प्राकृतिक र अर्ग्यानिक उत्पादनका परिकार मात्रै पस्किन पोखराका व्यवसायीलाई आग्रह गरे ।

‘एउटा होटलबाट सुरु गरौं न यो काम । त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ । बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गनिक खेती गर्न थाल्छन् । खानपिन, रहनसन, भेषभूषा अर्गनिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ,' मन्त्री महतले भने, 'त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भन्ने हुन्छ, त्यसपछि पर्यटकको आगमन बढ्छ ।'

मन्त्री महतले स्थानीय उत्पादनले पर्यटकीय बजारहरुमा स्थान पाउने अवस्था भए पर्यटन व्यवसायबाटै नेपालीको जीवनस्तर माथि उकास्न मद्धत पुग्ने बताए ।

‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ । स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नकै लागि सरकारले आयातमा भ्याट लगाएको छ,' उनले भने, 'कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरुको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ ।'

प्रकाशित : मंसिर २२, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×