कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काभ्रेको मंगलटारबाट ३३ बोरा चिनी बरामद

ज्योती श्रेष्ठ

काभ्रे — अवैध रुपमा ल्याइएको ३३ बोरा (आन्दाजी १६५० किलो) चिनी प्रहरीले बरामद गरेको छ । बुधबार बिहान ८:३० बजेतिर जिल्लाको रोशी गाउँपालिका-९ मंगलटारमा प्रहरीले सवारी जाँच गर्ने क्रममा संखुवासभाको खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा–प्र–०३–००१ख१९६६ नम्बरको बसको हुट र डिकीमा उक्त परिमाणको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेको मंगलटारबाट ३३ बोरा चिनी बरामद

प्रहरी चौकी मंगलटारका इन्जार्च प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमान्डमा खटिएको टोलीले सवारी चेक गर्ने क्रममा उक्त परिमाणमा चिनी बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बस र चालकलाई नियन्त्रण लिइएको छ । बरामद भएको चिनी थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

प्रकाशित : मंसिर २०, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×