१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

नेप्सेमा १०.१० अंकको गिरावट

रासस

काठमाडौँ — यो साता कारोबारको लगातार तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अंकले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।

नेप्सेमा १०.१० अंकको गिरावट

आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता सेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ ।

सिँगटी हाइड्रो लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु ३६ करोड २९ लाख ५७ हजार चार सय २४ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित : मंसिर १९, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?