कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एनसेल खरिद-बिक्रिबारे संसदीय समितिहरूमा छलफल गर्न रास्वपा सांसदहरूको निवेदन

काठमाडौँ — एनसेल आजिएटा शेयर खरिद-बिक्री र स्वामित्व हस्तान्तरणका सम्बन्धमा छलफलका लागि माग गर्दृै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद्का विभिन्न समितिमा निवेदन दर्ता गराएका छन् । यो विषय निकै संवेदशिल र महत्त्वपूर्ण भएकाले तत्काल छलफल आवश्यक भएको भन्दै सांसद मनिष झा, सुमना श्रेष्ठ र गणेश पराजुलीले निवेदन हालेका हुन् । 

एनसेल खरिद-बिक्रिबारे संसदीय समितिहरूमा छलफल गर्न रास्वपा सांसदहरूको निवेदन

सांसद झाले सार्वजनिक लेखा समिति, पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सांसद श्रेष्ठले शिक्षा, स्वास्था तथा सूचना प्रविधि समितिमा एनसेल शेयर खरिद-बिक्रीबारे छलफलका लागि निवेदन दर्ता गराएका हुन् । सांसद झाका अनुसार कांग्रेसको लुम्बनी सभा र एमालेको मध्यपहाडी लोकमार्ग अभियानका कारण सांसद्हरू बैठकमा अनुपस्थित हुने भएकाले लेखा समितिको बैठक तत्काल हुने सम्भावना छैन ।

‘यो संवदेनशिल मुद्दा भएकाले हामीले कार्यदल वा उपसमिति बनाएर भए पनि छलफल गर्न माग गरेका छौं,’ झाले भने, ‘यहाँ केही बदमासी भएको छ कि भनेर जियोपार्डी एक्सेसमेन्टको आधारमा अध्ययन गर्न चाहेका छौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको रेसियो घटिरहेको समयमा रोजगारी सिर्जना एवं सरकारलाई कर तिर्ने एउटा ठूलो कम्पनीबारे हामीले निकै संवदेनशिल भएर बुझ्नुपर्ने हुन्छ ।’ विभिन्न समितिमा छलफल गरी यसबारे स्पष्ट बुझेर मात्रै अघि बढ्नुपर्ने उनको धारणा छ ।

सांसद झासमेतको संलग्नतामा सार्वजनिक लेखा समितिले आतबार नौ वटा प्रश्नहरू तयार गरी आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यथाशिघ्र जवाफ दिन भनेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी र वैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालस्थित सरकारी निकायलाई जानकारी नै नदिई सेयर खरिद–बिक्री भएपछि समितिले चासो राख्दै सरोकारवाला निकायसँग जानकारी माग गरेको हो ।

प्रकाशित : मंसिर १८, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×