कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बर्दियाको राजापुरमा चिनी कारखाना निर्माण सुरू

कमल पन्थी

बर्दिया — बर्दियाको राजापुर नगरपालिका-५ बदालपुरमा करिब २ अर्बको लगानीमा चिनी कारखाना निर्माणको काम सुरु भएको छ ।

बर्दियाको राजापुरमा चिनी कारखाना निर्माण सुरू

राजापुर सुगर एण्ड केमिकल्स इण्डिष्ट्रिज प्रालिले उद्योगसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण सकेर शनिबार सार्वजनिक सुनवाईपछि चिनी कारखानाको काम सुरु भएको छ । पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुसी भएकाछन् । थोरै लगानीमा बढी आम्दानी हुने भन्दै किसानले उखु खेती लगाउन थालेको स्थानीय किसान उर्मिला चौधरीले बताइन् । यस वर्ष करिब दुई सय बिघा क्षेत्रफलमा उखु लगाउने अनुमान गरिएको छ ।

परम्परागत धान खेती गर्दै आएपनि अहिले उखु खेती गर्न थालेका हुन । करिब १८ विघा क्षेत्रफलमा आगामी आव २०८१ साल फागुनसम्म यसको उत्पादन सुरु हुने कारखानाका प्रशासन फाँटका प्रमुख ईन्द्रप्रसाद ढकालले बताए ।

प्रकाशित : मंसिर १७, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×