कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ उपाधि

काठमाडौँ — लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशन गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ उपाधि प्रभु बैंकलाई प्रदान गरेको छ । बेलायतमा बिहीबार साँझ सम्पन्न एक समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरे ।

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ उपाधि

‘बैंक अफ दि इयर–२०२३ को उपाधि प्राप्त गर्न सफल भएको सुखद खबर बाँड्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २००० देखि दि बैंकरले गर्दै आएको बैंक अफ दि इयर अवार्ड विश्वव्यापी बैंकिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । बैंक अफ दि इयर अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् बैंकिङ उद्योगको ओस्कार मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।’

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंक छनोट गरी ‘बैंक अफ दि इयर’बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । सम्मान प्राप्तिपछि बैंकका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । बैंकले प्राप्त गरेको सम्मान संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै नभएर नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा रहेको सीईओ शेरचनको दाबी छ ।

‘आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुँदै जानेछन् भन्ने विश्वास समेत छ,’ उनले भने । प्रभु बैंकका ३ सयभन्दा बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएम र ३१ लाख सेवाग्राही रहेको जनाइएको छ ।

प्रकाशित : मंसिर १६, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×