कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनसेल ब्रिक्री प्रकरणमा प्राधिकरणको प्रतिक्रिया : हामीलाई आधिकारिक जानकारी छैन

काठमाडौँ — नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजिएटाको शेयर खरिद-बिक्री प्रकरणबारे आफूहरू पनि बुझ्ने क्रममै रहेको र अहिलेसम्मको जानकारी सञ्चार माध्यममा प्रकाशित समाचारहरूबाट मात्र थाहा प्रतिक्रिया दिएको छ । यस विषयमा वास्तविकता बुझ्न प्राधिकरणले बिहीबार नै एनसेललाई पत्र पठाए पनि जवाफ आएको छैन ।

एनसेल ब्रिक्री प्रकरणमा प्राधिकरणको प्रतिक्रिया : हामीलाई आधिकारिक जानकारी छैन

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सो सम्बन्धमा एनसेललाई पत्राचार गरिएको र जवाफको पर्खाइमा रहेको बताए । ‘दूरसञ्चार ऐन र नियमावलीमा यस्तो खाले ठूला कम्पनीहरूको शेयर स्वामित्व खरिद-बिक्री हुनुपूर्व नियामक निकायबाट पूर्वस्विकृति लिनुपर्ने व्यवस्था छ,’ अध्यक्ष खनालले भने, ‘हामीले पत्र पठाएका छौं । उहाँहरूको जवाफ प्राप्त भएपछि सो खरिद-बिक्री अघि बढाउन स्वीकृति दिने/नदिनेबारे प्राधिकरणले निर्णय गर्नेछ ।’

खनालले एनसेलजस्तो ठूलो र जिम्मेवार कम्पनीले कानुनको बर्खिलाप हुने गरी खरिद-बिक्रीको कार्य नगरेको हुनुपर्नेमा आफूहरू विश्वस्त रहेको पनि बताए । दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित : मंसिर १६, २०८० ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×