कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उखुको न्यूनतम समर्थन मूल्य तोक्न माग

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीका उखु किसानले उखुको न्यूनतम सर्मथन मूल्य तोक्न माग गरेका छन् । उखु काट्ने समय हुँदा समेत सर्मथन मूल्य निर्धारण नभएको भन्दै तत्काल उखुको मूल्य तोक्नु पर्ने किसानले माग गरेका हुन् । 

उखुको न्यूनतम समर्थन मूल्य तोक्न माग

मूल्य नतोक्दा उखु काटेका किसानले पुरानै मूल्यमा भेली उद्योग र चिनी उद्योगलाई उखु बिक्री गर्नु परेको किसानको गुनासो छ ।

किसानहरुले क्रसरमा उखु बिक्री गर्न सुरु गरिसकेकाले सरकारले तत्कालै मूल्य निर्धारण गर्नुपर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

विगतका वर्षको तुलनामा यस वर्ष जिल्लामा उखुको उत्पादन घट्दै गएको छ । यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्विन्टल मात्र उखु उत्पादन हुने अनुमान छ । पाँच वर्ष पहिले १२ हजार हेक्टरमा हुादैआएको उखु खेती अहिले ५ हजार हेक्टरमा सिमित भएको छ । जिल्लामा लुम्बिनी , वाग्मती र इन्दिर सुगर मिल छन् ।

प्रकाशित : मंसिर १४, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×