कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सेयर बजार १७.९३ अंकले घट्यो

सबै उपसमुह घटे

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसुचक १७ दशमलव ९३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार घटेको नेप्से परिसुचक १ हजार ८ सय ७६ दशमलव ६० विन्दुमा कायम भएको छ । 

सेयर बजार १७.९३ अंकले घट्यो

सोमबार ११.२७ अंकले घटेको नेप्से मंगलबार दुई दशमलव १७ अंकले घटेको थियो । बुधबार ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल ४२ कम्पनीको मूल्य बढ्यो भने १९० कम्पनीको मूल्य घट्यो । ७ वटा कम्पनी स्थिर रहे । नेप्सेका अनुसार सबै उपसमुह घटे । त्यसमध्ये अन्य उपसमुह मात्रै २ दशमलव ३९ अंकले बढ्यो । जीवन बिमा १५९ दशमलव २५, निर्जीवन बिमा १५४ दशमलव ६३, उत्पादन तथा प्रशोधन १०६ दशमलव ९६ अंकले घट्यो । होटल तथा पर्यटन ५५ दशमलव ४६ र विकास बैंक ४६ दशमलव ७० अकंले घट्यो ।

विजय लघुवित्त वित्तीय संस्था ९ दशमलव ८८, कुमारी धनवृद्धि योजना ३ दशमलव ६३, सिटिजन्स म्युचअल फुन्ड २ ३.५५ प्रतिशतले कमाए । बुद्धभूमि नेपाल हाइड्रोपावर ९ दशमलव ९८, अभियान लघुबित्त वित्तीय संस्था ७, माहुलि लघुवित्त वित्तीय संस्था ५ दशमलव ३० प्रतिशतले गुमाए । कारोबारको आधारमा सोनापुर मिनरल्स सबैभन्दा अगाडि रहे । सोनापुर मिनरल्सको ६ करोड २८ लाख कारोबार भएको छ । एनआइसी एसिया डेबेन्चर (८१/८२) को ५ करोड ३ लाख, सिटिजन लाइफ इन्स्योरेन्स ३६ करोड ८० लाख कारोबार भएको छ ।

प्रकाशित : मंसिर १३, २०८० १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×