सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३ सय रुपैयाँ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपाली बजारमा सुनको भाउले लगातार नयाँ रेकर्ड राखेको छ । बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३ सय रुपैयाँ](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/gold1-2362023083251-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।
कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)