कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा आएका इन्टरनेशनल कोअपरेसन अर्गनाइजेसन फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया (आईकोसा)सँग चेम्बर भवनमा आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् । 

नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

नेपालमा जलविद्युत्, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि उनले आग्रह गरे । ‘नेपाल र जापानबिच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो,’ उनले भने, ‘जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहल समेत गर्नेछौं ।’ नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि लगानी बोर्ड मार्फत कानुनी सुनिश्चितता भइरहेको उनको भनाइ छ ।

चेम्बर पदाधिकारीसँगको भेटमा आइकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखे । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ । नेपालमा जलविद्युत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता गरे ।

प्रकाशित : मंसिर १२, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×