कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोशीका दुग्ध किसानले चार महिनादेखि पाएनन् २२ करोड भुक्तानी

विनोद भण्डारी

विराटनगर — मधेश प्रदेशको सप्तरीसहित कोशीका आठ हजारभन्दा बढी किसानले दुग्ध विकास संस्थानको विराटनगर दुग्ध विकास आयोजनाबाट गत असारयताको झन्डै २२ करोड रुपैयाँ भुक्तानी अझै पाएका छैनन् । 

कोशीका दुग्ध किसानले चार महिनादेखि पाएनन् २२ करोड भुक्तानी

पाउडर दुध, मख्खन, घिउ र पनिर उत्पादन गरेर पोकामा दूध बिक्री गर्दै आएको आयोजनाले भने मूल्यवृद्धिका कारण उत्पादित सामग्री बिक्री नहुँदा किसानलाई भुक्तानी दिन नसकेको दाबी गर्दै आएको छ ।

आयोजना प्रमुख परमेश्वर चौधरीले भने किसानलाई दसैंमा पनि दूधको भुक्तानी गर्ने स्थिति आयोजनासँग छैन । 'दुग्ध विकास संस्थानले रकमको कुनै जोह गर्‍यो भने किसानलाई दसैंमा रकम उपलब्ध गराउन सकिन्छ‚' चौधरी भने, 'चौधरीले भने नत्र सम्भव देखिँदैन ।

आयोजनाले कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, तेह्रथुम र मधेश प्रदेशको सप्तरीका करिब ८ हजार किसानबाट दैनिक सरदर २५ हजार लिटर र हेटौंडा, ढल्केवर र जनकपुरबाट १० हजार लिटरभन्दा बढी दूध संकलन गरेर पाउडर दुध, मख्खन, घिउ, पनिरलगायत परिकार उत्पादन गर्दै र पोकामा दूध बिक्री गर्दै आएको छ ।

गत जेठदेखि आयोजनाले उत्पादन गरेको पाउडर दुध, घिउ र मख्खन बिक्री नभएको व्यवसायी बताउँछन् । आयोजना प्रमुख चौधरीले भने करिब २२ करोड मूल्यको तीनसय टन पाउडर दूध, ८ करोड मूल्यको ९० टन मख्खन र एक करोडभन्दा बढी मूल्यका घिउ स्टोरमा थन्किँदा किसानलाई दुधको भुक्तानी दिन नसकिएको हो ।

पुरानो स्टक छँदै थियो । उत्पादित सामान बिक्री नहुँदा त्यसमाथि नयाँ स्टक पनि थपियो । चौधरीले भने दुग्ध विकास सस्थानका सबै आयोजनाको अवस्था यस्तै छ । उनका अनुसार उत्पादित पाउडर, मख्खन र घिउको बजारमा माग नै छैन ।

किसानले हरेक जिल्लामा सहकारी र संकलन केन्द्रमार्फत आयोजनालाई दूध उपलब्ध गराउँदै आएका छन् । दुधको भुक्तानी अनियमित भएपछि सहकारी र संकलन केन्द्रले किसानलाई भुक्तानी दिन नसक्दा अधिकांश दुग्ध सहकारी र संकलन केन्द्रसमेत बन्द भएका छन् । यसै क्रममा इलाममा सञ्चालित विभिन्न ६ वटा दुग्ध सहकारी सस्था र संकलन केन्द्र बन्द भएका छन् । आयोजनाका अनुसार अन्य जिल्लामा पनि धमाधम दुग्ध सहकारी र संकलन केन्द्र बन्द भइरहेका छन् ।

प्रकाशित : आश्विन २२, २०८० १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×