कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नियमविपरित काम गर्ने बिमा कम्पनी र कर्मचारीलाई कारबाही गर्छौं : अध्यक्ष सिलवाल

शंकर आचार्य

पर्सा — बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब बिमा कम्पनीहरु मात्रै नभइ कर्मचारीलाई पनि कारबाही गर्न नचुक्ने बताएका छन् । ‘प्राधिकरणको पटक पटकको चेतावनी र आदेशलाई वेवास्ता गर्दै नियमविपरित कार्य गर्नेमाथि प्राधिकरणले अब कडा कारबाही गर्छ,’ वीरगन्जमा बिहीबार साँझ बिमाकर्मीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो वर्षलाई हामीले कारबाही गर्ने वर्षको रुपमा लिन्छौं तसर्थ सबैले परिधि र नियममा बसी काम गर्नुपर्छ ।’ 

नियमविपरित काम गर्ने बिमा कम्पनी र कर्मचारीलाई कारबाही गर्छौं : अध्यक्ष सिलवाल

बिमा प्राधिकरण, मधेस प्रदेशद्वारा आयोजित ऊक्त कार्यत्रममा बोल्दै अध्यक्ष सिलवालले प्राधिकरणले तीनै तहको सरकारसँग समन्वय गरी बिमाको क्षेत्र फराकिलो पारे पनि कम्पनीको निष्क्रियता र कर्मचारीको उदासिनताले प्रभावकारी हुन नसकेको बताए । उनले हाल बिमा क्षेत्रमा कार्यरत सबैलाई काम गर्न चुनौती रहेको स्वीकार्दै चुनौतीमा अवसर खोज्न आग्रह गरे ।

नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बिमा क्षेत्रमा विद्यमान विकृति र विसंगतीलाई चिर्दै आजको बजारमा बिमाको प्रतिष्ठालाई थप सम्मानजनक बनाउन आवश्यक रहेको बताए । उनले यसको लागि नेपालका उत्कृष्ट ५ वटा कम्पनीको पहलमा सकारात्मक कदमहरु चाल्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित : आश्विन ५, २०८० १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×