कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

काठमाडौंमा सृजनशील उद्यमी मेला

काठमाडौँ — हरितालिका तीजको अवसरमा महिला सृजनशील केन्द्रले २०औं डाबर वाटिका तीज फेस्टिभल– सृजनशील उद्यमी मेला आयोजना गरेको छ । वाग्मती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतले शनिबार संयुक्त रूपमा मेला उद्घाटन गरे ।

काठमाडौंमा सृजनशील उद्यमी मेला

अन्नपूर्ण प्याभिलियन काठमाडौंमा आइतबारसम्म चल्ने मेलामा राइजिङ नेपाल प्रालिको व्यवस्थापन तथा नबिल बैंक र नारी म्यागजिनको सहकार्य रहेको बताइएको छ । सृजनशील महिलालाई सीप र दक्षता अभिवृद्धि गराई उद्यमशील तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रूपमा सबल बनाई सफल उद्यमी बनाउने लक्ष्यसाथ

मेलाको आयोजना हुँदै आएको आयोजक महिला सृजनशील केन्द्रले जनाएको छ । विशेषतः भेदभाव र अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरूको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न मेला महत्त्वपूर्ण हुने आयोजकको अपेक्षा छ । मेलामा ८० भन्दा बढी स्टल रहने र १० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×