कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, करिब आधाको हात रित्तो 

काठमाडौँ — सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङको निस्कासन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफको आईपीओ खुला भएको थियो ।

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, करिब आधाको हात रित्तो 

आईपीओ भरेका योग्य १४ लाख ६६ हजार ८६२ आवेदकमध्ये गोलाप्रथाबाट ७ लाख ६८ हजारले १० कित्ताका दरले पाएका छन् । याेग्य आवेदकमध्ये ५२ प्रतिशतले सेयर पाएका छन् भने करिब ४८ प्रतिशतको हात रित्तो भएको छ । यसको नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिन्छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता साधारण सेयर साउन ३२ देखि भदौ ४ गतेसम्म बिक्री खुला गरेको थियो । सो सेयरको शुक्रबार बाँडफाँट भएको हो । कम्पनीले यसअघि ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । कम्पनीले अंकित मूल्य १ सयमा १३९ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निस्कासन गरेको थियो ।

प्रकाशित : भाद्र १५, २०८० १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×