कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

वैदेशिक रोजगारमा रहेकालाई मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ — एनआईसी एसिया क्यापिटलको निस्कासन तथा बिक्री प्रबन्धकत्वमा वैदेशिक रोजगारमा जानेका लागि खुलेको मिड सोलु हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । जारी पुँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता वैदेशिक रोजगारमा जानेका लागि खुलाइएको थियो । 

वैदेशिक रोजगारमा रहेकालाई मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

जसमध्ये कुल ३१ हजार ५२२ जना आवेदकबाट ७ लाख ४ हजार २ सय कित्ता सेयर खरिदको लागि आवेदन परेकोमा सोमध्ये रितपूर्वक नदेखिएका आवेदन रद्दपछि जम्मा २९ हजार ६४१ जना आवेदन योग्य पाइएको क्यापिटलले जनाएको छ । गोलाप्रथाको माध्यमबाट १० देखि ३ हजार कित्तासम्म आवेदन दिने ७ हजार ४८४ जना आवेदकलाई १० कित्ताको दरले ७४ हजार ८४० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । यसको नतिजा सिडीएससीको अनलाइन प्रणाली आईपीओरिजल्टबाट हेर्न सकिनेछ ।


प्रकाशित : भाद्र ६, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×