कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अमेरिकामा सन् २००१ यताकै उच्च ब्याजदर 

एजेन्सी

काठमाडौँ — अमेरिकामा सन् २००१ यताकै उच्च ब्याजदर कायम भएको छ । हालै केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएसँगै ब्याजदर २२ वर्षयताकै उच्च कायम भएको हो ।

अमेरिकामा सन् २००१ यताकै उच्च ब्याजदर 

फेडरल बैंकले नयाँ सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ । २०२२ मार्चयता अमेरिकामा ११ औं पटक ब्याजदर बढेको छ । मुद्रास्फितिले अर्थतन्त्रमा परिरहेको असरलाई मध्यनजर गर्दै ब्याजदर पुनः वृद्धि गरिएको फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेलले बताएका छन् ।

‘पछिल्ला महिनामा मुद्रास्फिति दर नियन्त्रणमा आएको छ, तर २ प्रतिशतको सीमामा झार्ने हाम्रो लक्ष्यमा पुग्नका लागि लामो बाटो तय गर्नुपर्छ’ पावेलले पत्रकार सम्मेलनमा भनेको विषयलाई सीएनबीसीले उल्लेख गरेको छ । साथै उनले यसको प्रभाव हेरेर सेप्टेम्बरमा स्थिर राख्न सकिने पनि उल्लेख गरेका छन् । यद्यपि मुद्रास्फिति नियन्त्रणका लागि ब्याजदर नै प्रभावकारी औजार रहेको उनले औंल्याएका छन् । अमेरिकामा क्रमिक रुपमा मुद्रास्फिति नियन्त्रणमा आएको छ । जुन महिनामा यहाँ वार्षिक उपभोक्ता मुद्रास्फिति दर ३ प्रतिशतमा झरेको छ । मुद्रास्फिति नियन्त्रणका लागि नै फेडरल रिजर्भ बैंकले ब्याजदर वृद्धि गर्दै आएको छ ।

प्रकाशित : श्रावण ११, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×