२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कर्जाको ब्याज एकल अंकमा ल्याउन गभर्नरलाई उद्योग संगठन मोरङको सुझाव 

काठमाडौँ — उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरी कर्जाको ब्याज घट्नेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । संगठनका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नरलाई भेटेर बजेटमा लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रमा कर्जा प्रवाह बढ्नुपर्ने र त्यसका लागि ब्याजदर एकल अंकमा आउनुपर्ने धारणा राखेको हो ।

कर्जाको ब्याज एकल अंकमा ल्याउन गभर्नरलाई उद्योग संगठन मोरङको सुझाव 

त्यस्तै चालु पुँजी कर्जासम्बन्धी व्यवस्थालाई सहज बनाइनुपर्नेमा संगठनले जोड दिएको छ । सो अवसरमा गर्भनर अधिकाले उद्योग व्यवसाय क्षेत्रले व्यवहारिक रुपमा भोग्दै आएको चालु पुँजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्बन्धमा तथ्यांक सहित संगठनका तर्फबाट प्रस्तुत सुझाव अनुसार उद्योग व्यवसायलाई सहजीकरण गर्नेगरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको भएको बताए ।

संगठनले अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेटवार्ता गरी औद्योगिक क्षेत्रका समस्या अवगत गराएको छ । निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार गर्न संगठनले आग्रह गरेको छ । अर्थमन्त्री महतले उद्योग व्यवसाय संचालनका लागि आवश्यक आधारभूत आवश्यकताका रुपमा रहेका वित्तीय व्यवस्थापन, विद्युत् उपलब्धता, पूर्वाधार विकासजस्ता विषय सरकारको प्राथमिकतामा रहेको बताए ।


प्रकाशित : असार १९, २०८० १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?