कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्तका सेवासम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकमा डेस्क स्थापना

काठमाडौँ — लघुवित्त वित्तीय संस्थाहरुको सेवा सम्बन्धी गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकले छुट्टै डेस्क स्थापना गरेको छ ।  घ वर्गको सम्बन्धन प्राप्त लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सदस्यहरुको गुनासो सम्बोधनका लागि छुट्टै डेस्क स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्तका सेवासम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकमा डेस्क स्थापना

लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो भएमा सेवाग्राहीले टोलफ्री नम्वर १८१०५००००२२ मार्फत जानकारी गराउन सक्नेछन् । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध ऋणीहरुले विभिन्न ठाउँमा कार्य अवरोध गर्ने, कर्मचारीलाई धम्क्याउनेजस्ता समस्या देखिएका छन् । सर्वसाधारणका जायज समस्या सम्बोधन गर्ने उद्देश्यले उनीहरुको गुनासो टिपोट गर्न छुट्टै डेस्क स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।



प्रकाशित : असार १८, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?