कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०७५ अंकमा झर्‍यो सेयर बजार

काठमाडौँ — सोमबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.३२ अंक घटेर २०७५ मा कायम भएको छ । कारोबार भइरहँदा सवा १ बजे परिसूचक अधिकतम २११३ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ५ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ५ करोडमा खुम्चियो । 

२०७५ अंकमा झर्‍यो सेयर बजार

१७४ कम्पनीको मूल्य घट्दा ४१ को मात्रै बढ्यो भने १० को स्थिर रह्यो । होटल तथा पर्यटन र ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् । बैंकिङ १२, विकास बैंक ३२, फाइनान्स ९, जलविद्युत् ३२, जीवन बीमा २३०, उत्पादन ६२, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा ८६ र अन्य १७ अंक घटे । ब्यापार १७ र होटल तथा पर्यटन उपसमूह ११४ अंक बढे ।

तीन कम्पनी बीपीडब्लु लघुवित्त, सीवाईसी लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ७ र पाँचथर पावरको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नागरिक लगानी कोष, शिवम् सिमेन्ट र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।


प्रकाशित : असार १८, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?