कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

मुलुकभरका उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौँ — मुलुकभरका उद्योगहरुको क्षमता उपयोग औसत ५.२३ प्रतिशत बिन्दुले घटेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले मुलुकरभरका उद्योगहरुको औसत क्षमता उपयोग घटेको देखाएको हो ।

मुलुकभरका उद्योगको क्षमता उपयोग घट्यो

घरेलु आर्थिक गतिविधिमा सुस्तता आउनु, बजार माग घट्नु, कच्चा पदार्थको मूल्य बढ्दै जानु, प्राविधिक/दक्ष जनशक्तिको उपलब्धता र स्थिरता नहुनु, नयाँ प्रविधि भित्र्याउन ठूलो लगानी आवश्यक पर्नु र बैंकको ब्याज दरमा स्थिरता नहुनुलगायत कारण उद्योगको क्षमता उपयोग घटेको बताइएको छ ।

अध्ययनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगहरुको क्षमता उपयोग औसत ४३.०७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ४८.३ प्रतिशत थियो । कर्णाली प्रदेशका उद्योगहरुको क्षमता उपयोग सबैभन्दा बढीे (५१.९ प्रतिशत) छ भने मधेश प्रदेशमा संचालित उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम (३४.१ प्रतिशत) छ । उक्त अवधिमा बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९३.१९, चकलेट उद्योगको ८५.५९ र प्रशोधित चियाको क्षमता उपयोग ८५.३९ प्रतिशत छ ।

जसअनुसार वनस्पती घ्यु, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्युड, साबुन, प्लाष्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ति, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्यूव, छालाको जुत्ता र कपडाको जुत्ताको क्षमता उपयोग बढेको छ । तर, प्रशोधित दुध, चिनी, चकलेट, प्रशोधित चिया, बियर, चुरोट, धागो, पश्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ईटा, स्टिलजन्य उत्पादन, जीआई तार, जीआई पाइप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : असार १३, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×