कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अधिक तरलता प्रभाव : १० अर्ब माग्दा बैंकहरूले गरे २६ अर्बको आवेदन  

काठमाडौँ — बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक हुन थालेको छ । जसको प्रभावले नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन् ।

अधिक तरलता प्रभाव : १० अर्ब माग्दा बैंकहरूले गरे २६ अर्बको आवेदन  

कुल ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले सो रकमको आवेदन दिएका थिए । एक सूचना जारी गर्दै राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि (७ दिने अवधिको) बोलकबोलमार्फत १० अर्ब खिचेको हो । बैंकहरुले ब्याजदर पनि घटाएर आवेदन गरेका छन् । बोलकबोलमार्फत १० अर्ब रुपैयाँ खिच्दा न्यूनतम २.७३९९ देखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर कायम भएको छ । यसअघि माघमा सो अवधिकै रिभर्स रिपो जारी गर्दा ४.२४ प्रतिशतदेखि अधिकतम ४.४६ प्रतिशतसम्म कायम भएको थियो । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा धेरै लगानीयोग्य रकम रहेको बैंकरहरूले बताउँदै आएका छन् ।


प्रकाशित : असार ८, २०८० १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×