कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले १० अर्ब तान्दै 

काठमाडौँ — बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले रकम तान्न थालेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । एक सूचना जारी गर्दै राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि (७ दिने अवधिको) बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ ।

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले १० अर्ब तान्दै 

२०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि पहिलो पटक बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको हो । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तरबैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ । २८ दिने ट्रेजरी बिलको दर एक साताअघि ६.६ प्रतिशत रहेकोमा हाल ४.२ प्रतिशतको सीमामा झरेको छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपनि कर्जा प्रवाह बढ्न नसक्दा नगद थुप्रिएको हो ।

प्रकाशित : असार ७, २०८० १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×