कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

बिमा कम्पनीले सरकारबाट पाए १ अर्ब १५ करोड कृषि बिमा अनुदान

काठमाडौँ — बिमा कम्पनीहरूले कृषि बिमालेख बिक्री पुन: सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्याैता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन् ।

बिमा कम्पनीले सरकारबाट पाए १ अर्ब १५ करोड कृषि बिमा अनुदान

जसअनुसार सरकारले पहिलो चरणमा ७५ करोड र दोस्रो चरणमा ४० करोड गरी कुल १ अर्ब १५ करोड भुक्तानी गरिसकेको छ । त्यसमध्ये ७५ करोड बिमा कम्पनीहरूलाई वितरण भइसकेको र ४० करोड वितरण हुन बाँकी रहेको नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पाैडेलले बताए । सरकारले २०६९ सालदेखि किसान र कृषिलाई प्राथमिकता दिन भन्दै कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएको थियो ।

२०७७ सालदेखि कृषि बिमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बिमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि सम्बन्धी बिमालेख जारी गर्न बन्द गरेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिमकहरुलाई १ अर्ब १५ करोड उपलब्ध गराई बाँकी रकम पनि भुक्तानी गर्ने आश्वासन दिएपछि कृषि बिमालेखलाई असार मसान्तसम्म निरन्तरता दिन बिमा कम्पनीहरु सहमत भएका हुन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयूक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको र कृषि बिमा लेख जारी गर्न आग्रह गरेको नेपाल बिमक संघले जनाएको छ । सो आग्रहपछि असार मसान्तसम्मको लागि बिमालेख असार मसान्तसम्म जारी गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको हो । असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनः बिमालेख बन्द गरिने संघले चेतावनी दिएको छ ।

प्रकाशित : असार ५, २०८० १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×