कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, औद्योगिक कर्जा बढ्यो

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग घटेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले देखाएको छ । उक्त अवधिमा खासगरी 'ड्राइ सिरप', बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जीआई पाइप, औषधिजन्य उत्पादन उद्योगको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका समग्र उद्योगको औसत क्षमता उपयोगमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, औद्योगिक कर्जा बढ्यो

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४२.३३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगहरुको औसत क्षमता उपयोग ४९.२२ प्रतिशत थियो । चालु आर्थिक वर्षको ६ महिनामा रोजिन उत्पादन ३०.६६, कागज उत्पादन ३०.५९, लिक्विड उत्पादन ८.१८ प्रतिशतले वृद्धि भएतापनि आल्मुनियम उत्पादन ६५.४७, चामल उत्पादन ५८.७९, सिमेन्ट उत्पादन ५४.०९, कंक्रीट उत्पादन ५२.०९, बिजुलीका तार र केबुल ४८.६४ प्रतिशतले घटेको छ ।

यस्तै, सोही अवधिमा गहुँको पिठो ३६.६६, ट्याबलेट उत्पादन २९.३९, चाउचाउको उत्पादन १६.५९, ड्राइ सिरप उत्पादन १९.४९, मदिरा उत्पादन १०.९५ र क्याप्सुल उत्पादन १०.३३ प्रतिशतले ह्रास आएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६.०९ प्रतिशत बढेको छ । सो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २६ अर्ब ३ करोड ८१ लाख रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका छन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.९१ प्रतिशत हो ।

प्रकाशित : असार ३, २०८० १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×