कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भ्याट बहानामा प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्छाैं : वाणिज्य विभाग

काठमाडौँ — भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य दोब्बर बनाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । 

भ्याट बहानामा प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्छाैं : वाणिज्य विभाग

‘वस्तुको स्वभाविक मूल्य भन्दा बढी कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध हो' विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ 'आगामी आर्थिक वर्ष २०८०/८१ को लागि पेश भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्य भन्दा उच्च मूल्यमा बेच्न पाइँदैन ।’ दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता,सञ्चयकर्ता तथा बिक्रेताले तोकिदिएको दायित्व बहन गर्नुपर्ने विभागले जनाएको छ । पारदर्शी तरिकाले व्यवसाय सञ्चालन गर्न कानुन बमोजिम बिल बिजक जारी गरी कारोबार गर्न विभागले भनेको छ । दायित्व पूरा नगरेको भेटिए कडा कारबाही हुने विभागले जनाएको छ ।


प्रकाशित : असार १, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×