नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गरिने


काठमाडौँ — नारायणी नदी र तिनाउ नदीमा आगामी आर्थिक वर्षभित्र सिग्नेचर पुल निर्माण गरिने भएको छ ।


त्यस्तै पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतीका लागि ३१ अर्ब २ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले १ सय ५० वटा पुल निर्माण गर्नका लागि २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
प्रकाशित : जेष्ठ १५, २०८० १९:०८