२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने 

काठमाडौँ — सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । सरकारले बजेटमा नै व्यवस्था गरेर गाँजा खेतीको औषधिजन्य प्रयोगको अध्ययन गर्ने भएको हो । 

औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गरिने बताएका हुन् ।

'औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ,' उनले भने । गाँजा खेतीलाई वैधानिकता दिएर आम्दानीको स्रोत बनाउनुपर्ने माग उठिरहेका बेला सरकारले उक्त कार्यक्रमलाई बजेटमा नै समेटेको हो ।

प्रकाशित : जेष्ठ १५, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?