कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा

काठमाडौँ — मिचेल स्टार्कको उत्कृष्ट बलिङमा कोलकाता नाइटराइडर्सले मंगलबार सनराइजर्स हैदराबादलाई सजिलै आठ विकेटले पराजित गर्दै आईपीएल-२०२४ को फाइनलमा प्रवेश गरेको छ । 

हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा

प्लेअफको पहिलो क्वालिफायरमा दुई पल्टको च्याम्पियन कोलकाताले पहिले ब्याटिङ गरेको हैदराबादलाई १ सय ५९ रनमा समेटेको थियो । हैदराबादको टिम १९.३ ओभरमा अलआउट भएको हो । राहुल त्रिपाठीको ५५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

कोलकाताका लागि स्टार्कले ३४ रन खर्चेर तीन विकेट लिए । डिसेम्बरको खेलाडी अक्सनमा सर्वाधिक महँगा खेलाडी सावित स्टार्कले आफ्नो उपयोगिता सावित गरे । जवाफमा कोलकाता ३८ बलको खेल बाँकी छँदा जितसम्म पुग्न सफल रह्यो ।

उसका लागि वेन्कटेश अय्यरले ५१ र कप्तान श्रेयस अय्यरले ५८ रन बनाए । पराजित हैदराबादसामु फाइनल पुग्ने थप एक अवसर रहनेछ । बुधबारको पहिलो इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्ने छन् । त्यसको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायरमा हैदराबादको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ ९, २०८१ ०५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×