कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब नाघ्यो

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम ५५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५५ खर्ब नाघेको हो । यो रकम नेपालको अर्थतन्त्रको आकारभन्दा ठूलो हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब नाघ्यो

असार मसान्तसम्म नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । बैंक तथा वित्तीय संस्थाहरुमा एक सातामै १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप ५४ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा अहिले ५५ खर्ब पुगेको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ४८ खर्ब ५१ अर्ब रुपैयाँ छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म कुल ४८ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


प्रकाशित : जेष्ठ ९, २०८० १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×