कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सेयर लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेर दिए ६ बुँदे सुझाव

काठमाडौँ — सेयर लगानीकर्ताका तीन संगठनले संयूक्त रुपमा अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ६ बुँदे सुझाव  दिएका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले सोमबार मन्त्री महतलाई भेटेर विभिन्न सुझाव दिएका हुन् । 

सेयर लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेर दिए ६ बुँदे सुझाव

खुला रुपमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्स्चेन्ज र कमोडिटी एक्स्चेन्जको लाइसेन्स वितरण प्रक्रिया ढिलासुस्ती नगरी कार्यान्वयन गर्न उनीहरूले माग गरेका छन् । त्यस्तै १२ करोडसम्मको सेयर कर्जा सीमा फिर्ता लिन सुझाव दिइएको छ । हाल एक व्यक्ति वा संस्थाले सेयर खरिदका लागि अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै बैंकबाट ऋण सुविधा पाउने व्यवस्था छ ।

त्यस्तै सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिमभारलाई १०० प्रतिशत नै कायम गर्न उनीहरुको माग छ । अल्पकालीन लगानीकर्तालाई ५ र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न सुझाव दिएका छन् । हाल अल्पकालीन लगानीकर्ताका लागि साढे ७ र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत छ । लगानीकर्ताले ब्याजदर एकल अंकमा झार्न र तरलता समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।


प्रकाशित : वैशाख १८, २०८० १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×