कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्र बैंकले पाँचौं पटक भन्यो- 'क्रिप्टो/भर्चुअल करेन्सी कारोबार गरेको पाइए कारबाही हुन्छ'

काठमाडौँ — नेपाल राष्ट्र बैंकले क्रिप्टो लगायत अन्य भर्चुअल करेन्सीको कारोबार अवैध रहेको बताउँदै कसैको संलग्नता रहेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले पाँचौं पटक सूचना जारी गरेको हो । यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते, २०७९ साउन ३० गते सार्वजनिक सूचनामार्फत बैंकले सचेत गराएको थियो । 

राष्ट्र बैंकले पाँचौं पटक भन्यो- 'क्रिप्टो/भर्चुअल करेन्सी कारोबार गरेको पाइए कारबाही हुन्छ'

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल तथा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको, कानुनी ग्राहृय नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र कुनै सुरक्षण नभएको हुँदा कारोबार गैरकानुनी रहेको छ’ राष्ट्र बैंकले निकालेको सूचनामा भनिएको छ ‘यस्तो कारोबार, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनीहित रहन्छ ।’

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने नेपाली नागरिकले समेत त्यस्तो कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ । नेपालमा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले कुनै पनि प्रकारका भर्चुअल, क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड कारोबार गरेको, गराएको वा संलग्नता रहेको पाइएमा कारबाही हुने बैंकले जनाएको छ । साथै त्यस्तो कारोबारका लागि रेमिट्यान्स, विनिमय रकम, माइनिङ सम्बन्धी कार्य गर्ने गराएको पाइएमा कारबाही हुने भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।


प्रकाशित : चैत्र २०, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×