मकर जितुमाया हाइड्रोपावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

काठमाडौँ — सर्वसाधारणका लागि मकर जितुमाया हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । स्थानीय, वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको हो ।

मकर जितुमाया हाइड्रोपावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनछे । खाता रहेको बैंक तथा वित्तीय संस्था वा सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ । चैत २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कस्तो छ कम्पनी ? गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८० पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९२ रुवैया छ । केयर रेटिङबाट कम्पनीले डबल बी रेटिङ पाएको छ । यसले कम्पनी दायित्व वहन गर्ने क्षमतामा औसत रहेको जनाउँछ । कम्पनीले दोलखाको गौरीशंकर गाउँपालिकामाा सुरी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको अनुमानित लागत ब्याजसहित कुल १ अर्ब ३४ करोड ६४ लाख अनुमान छ । प्रतिमेगावाट लागत १९ करोड २३ लाख बढी पर्दछ । त्यस्तै ७ मेगावाटको माथिल्लो सुरी खोला आयोजना पनि निर्माण गरिरहेको छ । यसको लागत १ अर्ब २९ कोड ५० लाख अनुमान छ । प्रतिमेगावाट लागत १८ करोड ५० लाख पर्दछ ।


प्रकाशित : चैत्र १९, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?